July 22, 2020 285
काठमाडौँ — नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च भएको छ । बुधबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ पुगेको छ ।
अघिल्लो दिनको तुलनामा प्रतितोला १ हजार ३ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँ र तेजाबी सुन ९३ हजार ५ सय ६० रुपैयाँमा कारोबार भएको छ ।
चाँदीको पनि भाउ तोलामै ९५ रुपैयाँ बढेर ११ सय ३५ रुपैयाँ कायम भएको छ । मंगलबार नेपाली प्रतितोला १ हजार ४० रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।
Source Kantipur Post
प्रतिकृया दिनुहोस्