सोमबार २७ बैशाख २०७८

काठमाडौँ, ३ चैत । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहकी कर्णाली प्रदेशसभाका सांसदहरूले गुट परिवर्तन गर्न थालेका छन् । प्रदेश सांसद पद्मा खड्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा खुल्नुभएको छ ।

एमालेको नेपाल समूहले बोलाएको राष्ट्रिय भेलामा सहभागी हुन काठमाडौँ आउनुभएकी प्रदेश सांसद खड्का अध्यक्ष ओली समूहमा लाग्नुभएको हो । खड्कालाई एमालेको कर्णाली प्रदेश इञ्चार्ज यमलाल कँडेलले प्रधानमन्त्री ओलीसँग बालुवाटारमा भेट गराउनुभएको थियो । प्रधानमन्त्री ओलीसँग बालुवाटारमा भएको भेटपछि खड्काले नेपाल समूह छाडेकी हुन् । कर्णाली प्रदेशसभामा एमालेभित्र नेपाल समूह बलियो अवस्थामा छ । कर्णाली प्रदेशसभामा एमालेका २० सांसदमध्ये ११ सांसद नेपाल पक्षका छन् ।

एमाले ओली पक्षका एक सांसदका अनुसार कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावल, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा र जुम्लाका सांसद पदम रोकाया पनि ओली पक्षमा आउन लागेको बताउनुभएको छ ।

नेकपा विवाद र कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव आउँदा मन्त्री पद जोगाउन नेपाल पक्षमा लागेका मन्त्रीद्वय रावल र बुढा पुनः ओली पक्षमा फर्कन लाग्नुभएको हो ।

everestmission

७६ पटक हेरिएको

तपाईको प्रतिक्रिया