Monday, November 30

अति मन पर्छ,केटाका यी ७ कुरा केटीहरुलाई थाहापाउनुहोस्

August 10, 2020 259

हामी तपाइँहरुलाई सधै प्रेरणादायी कुराहरु दिने गरेका छौ । प्रेरक भनाईहरु, मनछुने लाईनहरु, जीवनशैली, व्यक्तित्व विकास र साथ् साथै सुन्दर जीवनको लागि स्वास्थ्य सम्बन्धि जानकारीहरु पनि पस्किने गरेका छौ । आशा छ हाम्रो यी जानकारीहरुले तपाइँहरुलाई केहि न केहि सहयोग अवश्य पनि पुर्याइरहेको छ । आज पनि हामीले यहाँ तपाइँहरु माझ एउटा जानकारीमुलक कुरा लिएर आइसकेका छौ ।

केटाका यी ७ कुराहरु हरेक केटीलाई मन पर्छ । कुनै पनि केटीलाई आफूतर्फ आकर्षित गर्न सक्नु केटाको कला हो । सबैसँग यस्तो कला हुँदैन । तर कुनै पनि स्त्रीलाई आकर्षित गर्न कुनै विशेष शुत्र नै भने हुँदैन । केटामा केही गुण हुनुपर्छ जुन हरेक महिलाले मन पराउँछन् । यदि कुनै पनि केटीले तपाइँलाई हेर्दिने भने पनि पिर नगर्नुस् बानीमा केही सुधार गर्न मात्र जरुरी छ । यहाँ केटाका त्यस्ता बानीको चर्चा गरिएको छ जुन हरेक केटीलाई मन पर्छ ।

१. सिधा सादा

सोझो खालका देखिने र जेन्टल स्वभावका केटा हरेक केटीलाई मन पर्छ । सामान्यतः सिधा सादा र परेको बेला आक्रामक पनि बन्न सक्छन् त्यस्ता केटाको खोजिमा हुन्छन् हरेक महिला । सिधा देखिने केटा हरेक केटीलाई मन पर्छ ।

२. रुखो ब्यवहार देखाउने केटा

कतिपय केटीलाई आफूसँग रुखो ब्यवहार गरिरहने केटा मन पर्छ । आफ्नो धुनमा काम गरिरहने र आफूलाई कम ध्यान दिएको जस्तो गर्ने केटा हरेक केटीलाई मन पर्छ । कुनै पनि केटी देख्ने वित्तिकै प्रतिक्रिया दिने बानी छ भने छोड्नुस् वेवास्ता गर्ने केटा केटीलाई बढी मन पर्छ ।

३. आत्मविश्वासी

कुनै पनि केटीलाई उच्च आत्मविश्वास भएको केटा मन पर्छ । अलिकति चल्ता पुर्जा र आत्मविश्वास भएका केटाको नजरमा केटीहरु पग्लि हाल्छन् । आफ्ना कुरा खुलेर राख्न सक्ने केटा केटीको नजरमा परि हाल्छन् ।

४. गम्भिर

कुनै पनि कुरालाई उडन्ते पारामा कुरा गर्ने भन्दा गम्भिर प्रकृति भएका केटा केटीहरुलाई मन पर्छ । पछि लाग्ने भन्दा आफूलाई कम चासो दिने गम्भिर प्रकृतिका पुरुषप्रति महिला आकर्षित हुन्छन् ।

५. ख्याल ठट्टा गर्ने केटा

आफूलाई अलिक ख्याल गर्ने र चासो दिने केटाहरुको खोजिमा हुन्छन् केटीहरु । हरेक समस्यामा साथ दिने र समाधानको बाटो दिने केटा केटीको नजरमा सबै भन्दा नजिक हुन्छन् । आफूले नजिक बनाउन चाहेको केटीको विषयमा सँधै हेरविचार गर्नुस् ।

६. खुशमिजास

धुम्म पर्ने भन्दा खुश मिजासका केटा केटीलाई मन पर्छ । तपाइँको चेहरा हेरेर केटीहरुले तपाइँको स्वभाव थाहा पाउँछन् । हँसिलो अनुहार र फरासिलो स्वभावका केटा केटीको नजरमा परिहाल्छन् ।

७. सम्मान दिन जान्ने

केटीहरुलाई महिलालाई सम्मान गर्ने पुरुष मन पर्छ । महिलाहरुलाई सम्मान दिने पुरुषलाई महिलाहरुले जीवन साथी नै बनाउन चाहन्छन् । तपाइँले कुनै पनि केटीसँग गर्ने ब्यवहारले नै तपाइप्रतिको दृष्टीकोण बन्छ ।

नोट : साथै तपाईहरुलाई हाम्रो प्रेरक जानकारी कस्तो लाग्यो ? यदि हाम्रो यो जानकारीले अरुको जीवनमा पनि परिवर्तन ल्याओस भन्ने चाहनुहुन्छ भने यो लेखलाई शेयर गर्दिनुहोला । तपाइको एक शेयरले थाहा नभएका हरुले ज्ञान पाउनेछन् भने हामीलाई पनि सहयोग मिल्नेछ ।

मनछुने भिडियो हेर्नुहोला :

Source safaltako sutraharu from facebook

प्रतिकृया दिनुहोस्