August 10, 2020 135
पछिल्लो २४ घण्टामा साढे ८ हजार पीसीआर परीक्षण, ३ सय ३८ संक्रमण
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ३ सय ३८ मा कोरोना संक्रमण देखिएको जनाएको छ ।
सोमवार नियमित प्रेस ब्रिफिङमा बोल्दै मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ८ हजार ४ सय ३२ पीसीआर परीक्षण गरिएको र त्यसमध्ये ३ सय ३८ मा संक्रमण देखिएको बताएका हुन् ।पछिल्लो २४ घण्टामा १ सय ४० डिस्चार्ज भएका छन् ।
यससँगै नेपालमा सक्रिय संक्रमितको संख्या ६ हजार ७ सय ३८ रहेको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ४४ जनामा संक्रमण देखिएको उनले बताए ।
डा. गौतमका अनुसार काठमाडौँ जिल्लामा ३६, भक्तपुरमा ४ र ललितपुरमा ४ जना नयाँ संक्रमित फेला परेका छन् ।
Source lokantar.com
प्रतिकृया दिनुहोस्