आइतबार १२ मंसिर २०७८

विश्वकै प्रसिद्ध चीनको ग्रेटवालकै झल्को दिने गरी नेपालकै तनहुँको बन्दीपुरमा निर्माण मिनी ग्रेटवाल निर्माण भै रहेको छ । उक्त मिनी ग्रेटवालसँग घोडचढीको पनि ब्यवस्था गरिने भएको छ ।

मिनि ग्रेटवाल निमार्णका लागि सङ्घीय सरकारले प्राथमिकता दिँदै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले चार करोड ५५ लाख बजेट निकासी गरिदिएको छ । ठूलो रकम विनियोजन भएपछि पर्यटनले फ ड्को मा र्ने विश्वास पर्यटन व्यवसायीको छ ।

सो रकम विनियोजन गरेसँगै ग्रेटवाल निर्माणले मूर्त रुप पाउने वातावरणको सृजना भएको गाउँपालिकाले जनाएको छ । तनहुँ पर्यटन विकास समितिका अध्यक्ष हरिसिंह गुरुङले बजेट निकासी भएको खबर अत्यन्त खुसी लागेको बताए।

‘पर्यकटकीय दृष्टिले महत्वपूर्ण ठाउँ छनोटमा परेको छ यसले पर्यटन क्षेत्रमा फड्को मार्न मद्धत पुर्याउँछ’ अध्यक्ष गुरुङले भने । बन्दीपुर गाउँपालिकाको आर्थिक सहयोगमा ग्रेटवाल निर्माणको काम अगाडि बढाइएको थियो । पालिकासँग रकम थोरै भएकोले रकम माग गरिएको थियो ।

मणिमुकुन्दसेन पर्खाल (मिनी ग्रेटवाल) नामाकरण गरिएको यो एक हजार एक सय मिटर लामो बनाइनेछ । बन्दीपुर गाउँपालिका–२ स्थित थानीमाई मन्दिरबाट निर्माण सुरु गरिएको मिनी ग्रेटवाल मुकुन्देश्वरी डाँडासम्म बनाइने छ ।

प्राकृतिक दृश्य अवलोकन र सुन्दरताको कारण ‘पहाडकी रानी’ उपनामले प्रसिद्ध कमाएको बन्दीपुरमा ‘मिनी ग्रेटवाल’ निर्माणपछि पर्यटकको सङ्ख्यामा वृद्धि हुने अपेक्षा गरिएको गाउँपालिकाकी उपाध्यक्ष करुणा गुरुङले जानकारी दिइन् । गाउँपालिकाले ७० लाख रुपैयाँ बजेट निकासा गरेकोमा अपुग हुने भएकोले मन्त्रालयमा माग भए अनुरुप बजेट प्राप्त भएको उपाध्यक्ष गुरुङ बताउछिन् ।

पदमार्गमा घोडाबाट सवार गर्ने व्यवस्था मिलाइने अध्यक्ष थापा बताउछन् । टिकट का टे र घोडाको सवार गरिने हुँदा गाउँपालिकालाई आम्दानी हुने तथा स्थानीय युवाले रोजगार पाउने हुँदा दोहोरो फाइदा हुने विश्वासमा मिनी ग्रेटवाल निर्माण गत वर्षदेखि शुरु गरिएको अध्यक्ष थापाले बताएको अमरराज नहर्कीले लेखेको समाचार गोरखापत्रबाट हामीले फोटोसहित साभार गरेका हौं ।

२२० पटक हेरिएको

तपाईको प्रतिक्रिया