Saturday, October 31

कहालीलाग्दो बन्यो ब्राजिल, अस्पतालका कोठादेखि सडक पेटीसम्मै श’व

August 10, 2020 200

काठमाण्डौ – विश्वमा कोरोनाभाइरसबाट सबैभन्दा प्रभावित मुलुकहरुमध्ये दोस्रो स्थानमा रहेको ब्राजिलमा संक्रमणबाट पहिलो मृत्यु १२ मार्चमा भएको थियो। ९ मेसम्ममा कोरोना संक्रमणबाट त्यहाँ १० हजारको मृत्यु भइसकेको थियो। महामारीको प्रभाव बढ्दै जाँदा यसको एक महीनापछि संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५० हजार नाघेको थियो। पहिलो मृत्युदेखि एक लाख मृत्युसम्म पुग्न ब्राजिलमा १ सय ६४ दिन लागेको थियो।

ब्राजिलमा कोरोनाभाइरस संक्रमितको संख्या तीव्र गतिमा बढिरहेको छ । विश्वमा अमेरिकापछि संक्रमितको संख्या ब्राजिलमा धेरै भएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाको तीव्र संक्रमणले ब्राजिलमा १ लाखभन्दा बढीको मृत्यु भएको छ ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमण ब्राजिलमा छ । ब्राजिलमा पछिल्लो २४ घण्टामा ८ सय ४१ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १ लाख १ हजार १३६ बढी पुगेको छ । एकैदिन ४६ हजार ३ सय ५ जना बढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ३० लाख ३५ हजार ५ सय ८२ बढी पुगेको छ । संक्रमितमध्ये २१ लाख ९४ हजार २ सय ९३ जना संक्रमित उपचारपछि निको भएका छन् ।

ब्राजिलमा कोरोनाले मृत्यु हुनेको संख्या नरोकिदा शव व्यवस्थापनमा पनि निकै समस्या देखिएको छ । अस्पतालका खाली कोठा र पार्किङ स्थलमै शव राखिएका छन् ।

सन् २००७ मा ब्राजिलको साओ पाउलोमा भएको विमान दुर्घटनामा १ सय ९९ जनाको मृत्यु भएको थियो। मानवीय क्षतिको हिसाबले यो ब्राजिलको सबैभन्दा घातक दुर्घटना थियो। उक्त दुर्घटनालाई कोरोना महामारीसँग तुलना गर्दा २६ फेब्रुअरीपछि यस्तो घटना ५ सय ५ पटक दोहोरिइसकेको छ। ब्राजिलमा पहिलो पटक कोरोना संक्रमण २६ फेब्रुअरीमा पुष्टि भएको थियो।

बितेको पाँच महीनादेखि दैनिक उक्त विमान दुर्घटनामा मारिएका व्यक्तिभन्दा तीन गुणा मानिस कोरोना संक्रमणबाट मरिरहेका छन्। ब्राजिलका कतिपय शहरको जनसंख्या एक लाखभन्दा कम छन्। त्यस आधारमा हेर्दा कैयौं शहरको कुल जनसंख्याभन्दा बढी मानिसले यो महामारीका कारण ज्यान गुमाइसकेका छन्।

प्रतिकृया दिनुहोस्