सोमबार १३ मंसिर २०७८

***यो समाचारको पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस***

रामकुमारी झाँक्री वा,मपन्थी युवा नेतृ हुन्। उनी नेपाल कम्युनिष्ट पार्टी (एकिकृत मार्क्सवादी-लेनिनवादी) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को अध्यक्ष भैसकेकी छन्। उनको जन्म २०३४ सालमा गुल्मीको मयाल पोखरी गाविस १ रत्नबहादुर र रनकुमारीकी छोरीका रूपमा भएको हो। उनले २०६६ माघ २९ मा धनकुटा जिल्लाका पशुपतिबाबु पुरीसँग विवाह गरिन्। ***भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस***

रामकुमारीको जीवनी ‘महिलाहरू कुनै पनि संगठनको नेतृत्व तहमा दाबी गर्दैनन्, गरिहाले पनि काम गर्न सक्दैनन्,’ एमाले विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्ष हुनुभन्दा पहिले रामकुमारी झाँक्रीलाई यस्ता कुरा खूब सुनाइन्थ्यो । नेपाली राजनीतिको इतिहासमा महिलाले राजनीतिक संगठन (महिला विभागबाहेक)को मुख्य पदमा रहेर काम गरेको उनले पनि भेटेकी थिइनन् । ‘समाज रूपान्तरण सम्भव छ’ भनेरै राजनीतिमा लागेकाहरूको पनि यस्तो मानसिकता देखेर रामकुमारीलाई अचम्म लाग्थ्यो । ***भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस***

चारै दिशाबाट आउने मनोबल गिराउने प्रसंग कुल्चेर हिम्मतसाथ उनले नेपाली राजनीतिमा एउटा इतिहास बनाइन् । दलहरूका भ्रातृ संगठनमध्ये पनि सबैभन्दा जुझारु मानिने विद्यार्थी संगठनको अध्यक्ष भएर देखाइन् । त्यति मात्रै होइन, आफूले नेतृत्व गरेको संगठनलाई २०६५ सालको स्ववियु चुनावमा पनि पहिलो संगठन नै बनाइन् ।

२०६२÷०६३ को जनआन्दो लनमा रामकुमारी झाँक्री युवा विद्यार्थीको नेतृत्व गर्दै सडकमा पुगिन् । दुईपल्ट उनको टा उकोमा गहिरो चो ट लाग्यो । गिरफ्तार हुने र छाडिने क्रम राजाले प्रत्यक्ष शासन हातमा लिएदेखि जनआन्दोल सफल नहुञ्जेल नियमितजस्तै बन्यो । तर, रामकुमारी आन्दोलनको अग्रमोर्चाबाट कहिल्यै पछाडि हटिनन् । त्यतिबेला सफल आन्दोलनमध्ये पर्ने रिङरोड घेरा उ, बानेश्वरको आन्दोलन रामकुमारीकै ‘डिजाइन’मा भएका थिए । २०५९ सालमा प्रत्यक्ष शासन राजाले हातमा लिएपछि कहीँ विरोध कार्यक्रम नभए पनि पीके क्याम्पसमा हुन्थ्यो । र, त्यसको अगुवाइ रामकुमारीले गरेकी हुन्थिन् । ***भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस***

गुल्मीको पुर्काट गाउँमा जन्मिएकी रामकुमारी स्कुलमा ‘अगुवा विद्यार्थी’ थिइन् । गीत गाउने र नाँच्ने बाहेकका कार्यक्रममा उनको उपस्थिति हुन्थ्यो । २०४६ सालको आन्दोलनका लागि स्थानीयलाई तयार गर्ने क्रममा उनको कानमा पनि प¥यो, ‘गाउँ समाजमा रहेको यो असमानता सही राजनीतिक व्यवस्था र विचारले मात्रै हटाउन सक्छ ।’ असमान ज्याला, हेपाहा प्रवृत्ति उनलाई महसुस भइसकेको थियो ।

त्यसैले सानै उमेर भए पनि छयालिस सालको आ न्दोलनमा उनी पनि सहभागी भइन् । बहुदलीय प्रजातन्त्रको स्थापनापछि २०४७ साल वैशाख ९ गते उनकै जिल्लामा आयोजित एक राजनीतिक कार्यक्रममा महिला वक्ता जरुरी भयो । वक्तृत्वकला र वादविवाद प्रतियोगितामा भाग लिइरहने रामकुमारी उनीहरूको नजरमा परिन् । सात कक्षा पढ्दै गरेकी उनले वाक्कला प्रस्तुत गरेपछि धेरैले उनको क्षमताको तारिफ गरे ।

रामकुमारीलाई लाग्यो, ‘यो सही बाटो रहेछ ।’ स्कुलमा आफ्ना संगठन विस्तार गर्ने क्रममा तत्कालीन माले (अहिलेको एमाले) ले उनी अध्यनरत स्कुलमा अनेरास्ववियुको संगठन बनायो । उनी सह–सचिव भइन् । इलाका अध्यक्ष, जिल्ला सदस्यसम्म हुँदा उनको एसएलसी सकियो । जिल्लामा महिला जुझारु नेत्रीको पहिचान बनाइसकेकाले स्थानीय नेताहरू उनलाई जिल्लाकै क्याम्पसमा पढोस् भन्ने चाहन्थे ।

उनी अनेरास्ववियुमा विभिन्न पदमा निर्वाचित हुँदै अध्यक्षसम्म पुगिन् । ‘म पद ओगट्न मात्रै होइन, काम गर्न आएकी थिएँ । त्यसैले म अध्यक्ष भएकै बेला मिनी जनमतसंग्रह नै मानिने स्ववियु चुनाव हुँदै थियो । त्यसका लागि रातबिरात नभनी खटिएँ,’ उनी भन्छिन्, ‘यो देशको रूखपात नै माओवादी हो कि भन्ने भएका बेला मैले संगठनलाई पहिलो बनाएँ ।’

४७० पटक हेरिएको

तपाईको प्रतिक्रिया