Monday, November 30

लकडाउन अवधीमा उद्योग/व्यवसायहरुले कर्मचारीहरुको तलव औसतमा १८.२ प्रतिशतले कटौती : कुन क्षेत्रले कति कटौती ? (सूचीसहित)

August 10, 2020 218

काठमाडौं । लकडाउन अवधीमा उद्योग/व्यवसायहरुले कर्मचारीहरुको तलव औसतमा १८.२ प्रतिशतले कटौती गरेको पाइएको छ । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको एक सर्वेक्षण प्रतिवेदनले यस्तो देखाएको हो ।

तलव कटौती गर्नेमा सबैन्दा अगाडि होटल क्षेत्र रहेको छ । होटल तथा रेष्टुरेन्ट क्षेत्रमा सबैभन्दा धेरै (३६.४ प्रतिशत) तलब कटौती भएको सर्वेक्षणले देखाएको छ ।

यस्तै, होटल तथा रेष्टुरेन्ट क्षेत्रपछि यातायात तथा भण्डारण क्षेत्रमा ३१.२ प्रतिशत र शिक्षा क्षेत्रमा २१.१ प्रतिशतले तलब कटौती भएको छ । स्वास्थ्य तथा सामाजिक कार्य क्षेत्रमा ५.४ प्रतिशतले तलब कटौती गरेको पाइएको छ भने खानी तथा उत्खनन क्षेत्रमा तलब कटौती भएको नदेखिएको राष्ट्र बैंकको भनाइ छ ।

बन्दाबन्दी अवधिमा ठूला उद्योग/व्यवसायहरुले सबैभन्दा धेरै (२२.५ प्रतिशत) र मझौला उद्योग/व्यवसायहरुले सबैभन्दा कम (१३.६ प्रतिशत) ले तलब कटौती गरेको देखिएको छ । लघु उद्यम/साना खुद्रा व्यापार र ठूला उद्योग/व्यवसायहरुले राष्ट्रिय औसतभन्दा धेरै तलब कटौती गरेको पाइएको सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ ।

(आजको अर्थबाट)

प्रतिकृया दिनुहोस्