Thursday, October 22

सुरक्षितसाथ विश्व आदिवासी दिवस मनाउन सबैमा आह्वान :प्रधानमन्त्री केपी शर्मा ओली

August 10, 2020 41

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट सुरक्षित हुने उपाय अवलम्बन गर्दै आ–आफ्नो स्थानमा रहेर विश्व आदिवासी दिवस मनाउन सबैमा आह्वान गर्नुभएको छ । संसारभर रहेका आदिवासी जनजातिले विशेष उत्सवका रूपमा यो दिवस मनाउने चलन छ । प्रधानमन्त्रीले २६औँ विश्व आदिवासी दिवसका अवसरमा नेपाल लगायत विश्वभरका सम्पूर्ण आदिवासी जनजातिमा हार्दिक शुभकामना व्यक्त गर्नुहुँदै सुरक्षितसाथ दिवस मनाउन आह्वान गर्नुभएको हो ।

सन्देशमा प्रधानमन्त्रीले विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको महामारीले सिर्जना गरेको परिस्थितिलाई ध्या(नमा राखी यस पर्वलाई रचनात्मक एवं सुरक्षित तवरले मनाउनुपर्ने बाध्यता हामीसामु छ भन्नुुभएको छ ।

प्रधानमन्त्रीले दशकौँ लामो राजनीतिक सङ्घर्षबाट प्राप्त उपलब्धिलाई संवैधानिक रूपमा सुरक्षित गरी राजनीतिक सङ्क्रमणकालको अन्त्य गरेपछि हाम्रो मुलुक विकास र समृद्धिको यात्रामा अग्रसर हुने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले नेपाललाई समृद्ध र नेपालीलाई सुखी बनाउने सङ्कल्पसाथ समृद्ध नेपाल–सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा हामीले तय गरेका छौँ भन्नुुभयो । प्रधानमन्त्रीको सन्देशमा ‘यस्तो बेला विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ को महामारीले नेपाल लगायत विश्वमै नागरिकको स्वास्थ्य, सामाजिक र आर्थिक जीवनमा चुनौती खडा भएको छ, विश्वसामु खडा भएको यस चुनौतीको सामना गर्दै हामी राष्ट्रको आकाङ्क्षा पूरा गर्ने दिशामा अग्रसर छौँ’ उल्लेख छ ।

भर्चुुअल रूपमै मनाइँदै
यसैबीच विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का त्रासका बीच आज विश्वभरका आदिवासी जनजातिले ‘२६औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस’ मनाइरहेका छन् । आदिवासी जनजातिका हक, अधिकार लगायत कला, भाषा, भेषभूषा, संस्कार संस्कृतिको संवद्र्धनको आवाज बुलन्द गर्दै अगस्ट ९ का दिनलाई संसारका आदिवासी जनजातिले पर्वकै रूपमा यो दिवस मनाउँदै आएका छन् ।श्रोत गोरखापत्र अनलाईन

 

प्रतिकृया दिनुहोस्