बुधबार ०९ आषाढ २०७८

कपा एमालेको माधवकुमार नेपाल–झलनाथ खनालले यही चैत ४ र ५ गते आयोजना गर्न लागेको राष्ट्रिय कार्यकर्ता भेलालाई प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्देशनबमोजिम भन्दै १५ आरोप लगाएका छन्।

सामाजिक सञ्जालमा उनले नेपाल–खनालले भेलामा सहभागिताका लागि तयार पारेको निमन्त्रणा ब्यानरसमेत ‘च्याते’का छन्।

उनले लेखेको स्टाटस जस्ताको त्यस्तै हेर्नुहोस

सहरमा “विधि र पद्धति”को रमिता कि गाई जात्रा ?

नेकपा (एमाले)को नाममा सानेपास्थित महँगो हेरिटेज गार्डेनमा आयोजना गर्ने भनिएकाे कथित गुटगत भेला-

१. खासमा प्रचण्डको निर्देशन र होमवर्क बमोजिमको मेला, राम र रमिता हाे !

२. यसलाई चैत महिनामा प्रदर्शित बेमौसमी गाई जात्रा पनि भन्न सकिन्छ ।

३. आफ्नो निहित स्वार्थका लागि नेकपा (एमाले) विभाजन गरी समाप्त गर्न चाहने तत्त्वहरूको उक्साहट र षडयन्त्र हाे ।

४. यो केवल यसका नेतृत्वकर्ताहरूकाे कुण्ठा र द्वय प्रदर्शन मात्रै हो ।

५. पार्टीको सरकार पाँच वर्ष चल्नै नदिने कसम खाएर केही व्यक्तिहरूको नेतृत्वमा भइरहेका जनविरोधी, अनैतिक र विभाजनकारी कृत्यको मञ्चन मात्र हो ।

६. यो “विधि र पद्धति”को दुहाई दिँदै गत वैशाख महिनायता जारी नाङ्गो गुटबन्दीको पराकाष्ठा हो, जो प्रचण्डको आड र साठगाँठमा चल्दै आएकाे विभाजन न हो भन्ने तथ्य स्पष्ट नै छ । र, अलग समूह बनाएर पुनः प्रचण्ड पथमा सामेल हुन जाने तयारी हो । त्यसकै लागि प्रचण्डले आफ्नो समूहको केन्द्रीय कमिटी बैठक स्थगन गरी पर्खिरहेको यथार्थ जगजाहेर नै छ ।

७. हिजो नेकपामा सहमतिको आधारमा निर्णय गर्ने वैधानिक व्यवस्था हुँदाहुँदै बहुमतको नाममा प्रधानमन्त्री तथा पार्टी अध्यक्षलाई गरेको चार पटक निष्कासनको अपमानजनक अपराध तथा आज अध्यक्ष मान्नुको विकल्प नै नरहेको असहजता र छटपटीको अनुभूति हो ।

८. नेपाल राष्ट्र, नेपाली जनता, नेपाली कम्युनिस्ट आन्दोलन, स्थिरता, विकास र समृद्धि विरूद्दकाे घात हो ।

९. पार्टी केन्द्रीय कमिटीको फागुन २८ गत्तेको निर्णायके अवज्ञा,अनुशासनहीनता र अराजकता हो । कार्की बैक्वेट पार्टीको भए पनि स्वघोषित अध्यक्ष भइछाड्ने पदलोलुपता एवं अभिनय हो ।

१०. पार्टी पद्धति,मूल्य, मान्यता र विद्धानको बर्खिलाप कार्य हो । फागुन २३ गते यता अर्याल हाटलेमा जारी गुटगत भेला, बैठक र समानान्तर गतिविधि ढाकछोपको निम्छरो र निरुपाय कोसिस हो । र, चैत २ गते धुम्बाराहीमा भएको छलफलमा अध्यक्षले भेला रोक्न दिनुभएको निर्देशिका टाढो अवज्ञा हो ।

११.चैत १ गते ११ जना व्यक्तिले पार्टी अध्यक्ष विरूद्द जारी गरेको १९ पृष्ठ लामो पुरानो आराेप पत्रकाे नयाँ संस्करणका आधारमा नेतृत्वलाई पुनः खुइलाउने, बदनाम गर्ने एवं कार्यकर्ता र जनतामा घृणा फैलाउने र पार्टीलाई संस्थागत प्रक्रियामा सञ्चालन हुन नदिई अनुचित सम्झौताको बन्धक बनाउने कुतसित प्रयास हो ।

१२. सरकारले गरेका जनक्षय कामहरूमा पर्दा हालेर जनतामा भ्रम फिँजाउने र सिङ्गो कम्युनिस्ट आन्दोलनको भविष्यमा कालो बादल मडारिने अवस्था सिर्जना गर्ने दुष्प्रयास मात्र हो ।

१३. पार्टीलाई केन्द्रीय कमिटीको निर्णयअनुरूप नयाँ परिवेशमा नयाँ ऊर्जाका साथ सञ्चालन गर्ने पहलकदमीमा चिसापानी खन्याउने र निराशा पैदा गर्ने लज्जास्पद कार्य हो ।

१४. यो आमा जनता र कार्यकर्ताको आकाङ्क्षा र अभिमत विपरितकाे क्रियाकलाप हो। यस्तो कार्यमा कोही कसैले आफूलाई सामेल नगराई ।

१५. त्यसैले आउनुहाेस-
विभाजन र विखण्डनकारी तथा एकता विराेधी हर्कहरूप्रति सचेत र सावधान हुँदै नेकपा(एमाले) र सूर्य चिन्हको पक्षमा स्पष्ट र एकजुट भएर अघि बढौँ !
अरू कसैको योजनामा परिचालित व्यक्तिका षड्यन्त्रमूलक र जनविरोधी कोसिसहरूलाई परास्त गरौं !!

cinekala

६२ पटक हेरिएको

तपाईको प्रतिक्रिया