August 10, 2020 180
काठमाण्डौं । नेपालमा आज कोरोना संक्रमणबाट ३० वर्षीया युवतीसहित दुईको मृत्यु भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार आज मृत्यु हुनेमा पर्साकी एक युवती र पोखराका एक पुरुष रहेका छन ।
मन्त्रालयका अनुसार आज कास्कीको पोखरा महानगरपालिका वडा नं १९ का ६२ वर्षीय पुरुषको साउन २४ गते राति मृत्यु भएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएका उनी मधुमेहका रोगी रहेको बताइएको छ ।
त्यसैगरी पर्साको विरगन्ज महानगरपालिका वडा नं २ की २० वर्षीया युवतीको साउन २४ गते बिहान १ः२० बजे मृत्यु भएको छ ।
उनलाई उपचारका लागि नारायणी अस्थायी कोरोना विशेष अस्पतालमा पुर्याउदासाथ मृत घोषणा गरिएको मन्त्रालयले जानकारी दिएको छ ।
नेपालमा कोरोनाबाट आजपनि ३ जनाको मृत्यु भएको पुष्टि, मृतकको संख्या ७३ पु्ग्यो
sansarnews
प्रतिकृया दिनुहोस्