शनिबार ०४ बैशाख २०७८

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेका केन्द्रीय सदस्य तथा पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटाले वरिष्ठ नेता माधव नेपाल माओवादी केन्द्रमा विलिन हुने भन्दै कटाक्ष गरेका छन् ।

आज (मंगलबार) बिहान सामाजिक सञ्जालमार्फत् भविष्यवाणी गर्दै उनले एउटै पार्टीमा रहेर छुट्टै गतिविधि गरिरहेको नेपाल समूह आगामी चुनावताका माओवादीमा विलिन हुने बताएका हुन् ।

उनले लेखेका छन्, ‘माधब रणनीति स्पष्ट छ – गुटभेला र समानान्तर कमिटीद्वारा कार्यकर्ता जम्मा गर्ने, संसदमा १०/२०ले ‘फ्लोर क्रस’ गरेर कार्वाही भोग्ने अनि हामीलाई बस्न टिक्न दिईएन भनेर कुर्लने ?,’ उनले ट्वीटरमा लेखेका छन्, ‘चुनाउ छेक नेपाल कम्फरटेवल पार्टीमा विलिन हुने। स्पष्ट अब अरु हुन पर्छ जो अझै अलमलमा छन्। नत्र ४ गतेको भेला किन ?

news18nepal

 

३५ पटक हेरिएको

तपाईको प्रतिक्रिया