सोमबार ०८ कार्तिक २०७८

बुद्ध एयरको जहाजलाई ठूलो दुर्घटनाबाट जोगाएर ७७ जनाको ज्यान बचाउने क्याप्टेन आङगेलु शेर्पा अहिले रातारात चर्चामा आएका छन् ।आइतवार विहान काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्ध एयरको जहाजमा ल्याण्डिङ गियरमा समस्या देखिएपछि काठमाडौं डाइभर्ट गरिएको थियो ।

यात्रुसहित काठमाडौं फर्केको जहाजले काठमाडौंको आकाशमा पनि झण्डै दुई घण्टासम्म १० पटक फन्को मारेको थियो ।सो जहाजमा चालक दलका ४ सदस्यसहित ७७ जना थिए । सो जहाज सिनियर क्याप्टेन आङगेलु शेर्पाले उडाएका थिए । उक्त जहाज अवतरणको

तयारी गर्ने क्रममा दायाँतर्फको पाङ्ग्रा नखुलेपछि विराटनगरको तुलनामा काठमाडौंमा अवतरण गर्न उपयुक्त हुने ठानेर सो जहाजलाई काठमाडौं फर्काइएको थियो ।अवतरण गर्नुअघि त्रिभुवन विमानस्थलमा आधा दर्जन बढी दमकल, एम्बुलेन्स र उद्धारकर्मीहरुलाई तयारी अवस्थामा राखिएको थियो ।

जहाजमा भरिएको इन्धन कम गर्ने उदेश्यले धेरैपटक आकाशमा फन्को मारेपछि अनभुवी क्याप्टेन शेर्पाले निकै कुशलतापूर्वक जहाजलाई त्रिभुवन विमानस्थलमा सुरक्षित अवतरण गराएका हुन् ।जहाजमा सवार सबै यात्रु सकुशल रहेका छन् भने अधिकांश यात्रु आइतवार नै विराटनगरका लागि अर्को जहाजमा उडेका छन् ।

५१ पटक हेरिएको

तपाईको प्रतिक्रिया