
काठमाडौं । पूर्व प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको नाम बदल्न प्रस्ताव राखेका छन् । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) हटाएर नेपाली कम्युनिस्ट पार्टी राखिने तयारी गरिएको छ ।
आज पार्टीको कार्यालय पेरिसडाँडामा जारी केन्द्रीय कमिटी बैठकमा नाम परिवर्तन गरेर नेपाली कम्युनिस्ट पार्टी राख्ने प्रस्ताव आएको एकजना केन्द्रीय सदस्यले बताए।
फागुन २३ मा सर्वोच्च अदालतले नेकपा खारेज गरिदिएर साविककै कायम गरिदिएपछि माओवादी केन्द्रको स्थायी कमिटी बैठक बुधबार र बिहीबार पेरिस डाँडामै बसेको थियो। उक्त बैठकमै माओवादी केन्द्र हटाएर नेपाली कम्युनिस्ट पार्टी मात्रै राख्ने सहमति जुटाइएको थियो। त्यही सहमति अनुसार नेपाल कम्युनिस्ट पार्टी नाम केन्द्रीय समितिमा प्रस्ताव भएको हो।
नाम परिवर्तनको प्रस्तावमाथि केन्द्रीय समितिमा छलफल हुनेछ। उक्त छलफलपछि माओवादी केन्द्रले आफूलाई नेपाली कम्युनिस्ट पार्टी बनाउने तयारी गरेको छ।
notice24nepal