Wednesday, October 21

लामो दूरीको सडक यातायात र हवाई सेवा आगामी भदौ १५ सम्म शुरु नगर्न सि’फारिस

August 10, 2020 71

काठमाडौं। कोरोना सं’कट वयवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी)ले कोरोना म’हामारीको जो’खिम कम नभएको भन्दै लामो दूरीको यातायात र हवाई सेवा आगामी भदौ १५ सम्म शुरु नगर्न सि’फारिस गरेको छ। सीसीएमसीको आइतबार बसेको बै’ठकले कोरोना महामारीको जो’खिम यथावत रहेको भन्दै यस्तो सि’फारिस गरेको स्रोतले जानकारी दियो। स्रोतका अनुसार भदौ १५सम्म विद्यालय पनि नखोल्न सुझाव दिएको छ। यसअघि सरकारले भदौ १ गतेबाट लामो दूरीको यातायात हवाई सेवा शुरु गर्ने निर्णय गरेको थियो।

तर, पछिल्ला दिनहरुमा कोरोना संक्रमित र मृ’त्यु हुनेहरुको संख्या बढेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञहरुसँग छ’लफल गरेका थिए। उनले विज्ञहरुको सुझाव तथा सीसीमएसीले स’मिक्षा गरेपछि आवश्यक निर्णय लिने बताएका थिए। सीसीएमसीले यातायात र हवाई सेवाबारे गरेको सिफारिस म’न्त्रिपरिषदको आगामी बै’ठकले निर्णय गर्ने सम्भावना छ।

प्रतिकृया दिनुहोस्