आइतबार ३१ आश्विन २०७८

नेपालीहरुको महान पर्व बिजय दशमी तथा शुभ दिपवलिको अवसरमा गायिका बिष्णु माझीले नयाँ दशैँ तिहार गीत ‘दशैँ तिहार आइसक्यो झल्को लाइसक्यो’बजारमा सार्वजनिक गरेकी छिन ।
बिष्णु माझीकै श्रीमान सुन्दरमणि अधिकारीको लय र शब्द रहेको गीतमा बिष्णु माझीको एकल आवाज रहेको छ ।गीतमा बिष्णु माझीले आफ्नो परदेशी श्रीमानलाइ आफ्नै गाउँ फर्कन अनुरोध गरेकी छिन भने परदेशमा रहेकी श्रीमानको झल्को लाग्यो भन्दै त्यो झल्को मेटाउन भए पनि आफ्नै देश फर्कन अनुरोध समेत गरिएको छ।

प्रिया बिष्ट र बिष्णु माझीको श्रीमान सुन्दरमणि अधिकारीको अभिनय रहेको भिडियोको निर्देशन भने शिब बिकले गरेका हुन्। शम्भु चालिसेको छायांकन र सुजन शाहीको सम्पादन रहेको भिडियो अहिले निकै चर्चामा छ।एक घण्टा बित्न नपाउदै उक्त गीतले आफ्नो रफ्तार लिएको छ।

बिनोद बाजुरालीको एरेन्ज रहेको गीत माला श्री स्टुडियो मा रेकर्ड भएको हो। सपना म्युजिकको प्रस्तुति रहेको गीत बिष्णु माझीकै एल्बम हो। यो गीतलाई अहिलेसम्म तिन लाख साथी हजार पटक हेरिसकिएको छ । उनि नेपाल सरकारबाट संबिधान दिवसको दिन विभूषित भएकी थिईन।

बिष्णु माझीलाई हेर्न चाहने करोडौ दर्शक छन।दोहोरी इतिहासमा मात्रै हैन सिंगो संगीत इतिहासमै सबै भन्दा महँगो रकम लिएर गीत गाउने गायिका बिष्णु माझीलाई सबैको माया देखिन्छ। भिडियो:

७८ पटक हेरिएको

तपाईको प्रतिक्रिया