बिहिबार १६ मंसिर २०७८

कहिलेकाहीँ मानि’सको तालुमा आलु फल्दछ र एकै झट्कामा मान्छे रोडबाट करोड’मा पुग्दछ । ताइ’वानमा एकजना व्यक्तिको जीव’नमा यस्तै चमत्कार भएको छ ।

एक सुनसान टा’पुमा घुम्दै गरेका ती व्यक्तिले गोबरजस्तो कडा र सुख्खा चिज फेला पारे । उक्त वस्तुबाट अ’नौठो खालको सुगन्ध आ’इरहेको थियो । सोही सुगन्धले उनको ध्यानाकर्षण गर्यो र कौतुहलता जगायो । अनि उनले त्यो गोबरजस्तो चिज’लाई बोकेर घर ल्याए ।अनौठो सुगन्ध आउने त्यो गोब’रजस्तो चिज आखिर के हो ? भन्ने बारेमा उनलाई सुइँ’कोसम्म पनि थिएन ।

उनले त्यो अनौठो चिज घर ल्याइसके’पछि त्यसका बारेमा इन्टरनेट लगा’यतका अनेक ठाउँहरुमा थुप्रै खोजविन गरे । अन्ततः उनले पत्ता लगाए कि त्यो त ह्वेल’को बान्ता पो रहेछ । ४ किलो तौलको उक्त बान्ता अन्ततः उनले २ लाख १० हजार डलरमा बिक्री गरे । ह्वेलको बान्ताले एकजना ताइबानीलाई एकाएक करोडपति बना’एको उक्त समा’चार स्थानीय सञ्चारमाध्यमहरुले केही समयअ’घि प्रकाशित गरेका थिए ।

आखिर ह्वेलको बान्तामा के त्यस्तो चिज हुन्छ र त्यो त्यतिधेरै बहुमूल्य हुन्छ त ?

वास्तवमा ह्वेलको शरीरबाट निस्कने यो उत्स’र्जित वस्तुलाई कतिपय वैज्ञानिकले ह्वेल’को बान्ता भन्छन् त कतिले ह्वेलको दिसा । किनकी कहिलेकाहीँ त्यो पदार्थ ह्वेलको मल द्वारबाट बाहिर आउँछ त कहिले मुखबाट निस्कन्छ ।

वैज्ञानिक भाषामा यसलाई एम्बर’ग्रीस भनिन्छ । ह्वेलको पेट’बाट निस्कने एम्बरग्रीस कालो वा स्लेट रङको ठोस पदार्थ हो । यो मैनबत्ती जस्तै ज्वलनशील पदार्थ हो । यो पदा’र्थले ह्वेलको शरीरभित्र रोग प्रति’रोधी पदा’र्थको रुपमा काम गर्दछ ।

आम रुपमा ह्वेल माछा समु’द्रमा तटीय क्षेत्रभन्दा निकै टाढामात्र बस्दछ । यस्तोमा ह्वेलको शरीरबाट निस्किए’को एम्बरग्रीस समुद्रको बीचबाट किना’रासम्म आउनका लागि वर्षौंसम्म लाग्दछ । समुद्र’को नुनिलो पानी, सूर्यको प्रकाश र तापका का’रण त्यो चट्टानजस्तै कडा र सुख्खा ठोस पदार्थमा बदलिन्छ ।

ह्वेलको यस वान्ता’को प्रयोग अत्तर अर्थात् पर्फ्युम बनाउन प्रयोग गरिन्छ । सोही कारण यो निकै म:हँगो हुन्छ । एम्ब’रग्रीसबाट बनेका अत्त’रको सुगन्ध लामो सम’यसम्म रहन्छ । इतिहास अनुसार प्राचीन मिश्रमा मानि:सहरुले एम्बर:ग्रीसबाट बनेका अगरबत्ती तथा धूपको प्रयोग गर्दथे ।

युरोपमा ब्लाक:एजका समयमा मानिसहरु प्लेगबाट बच्नका लागि भन्दै एम्बरग्रीस घरमा राख्दथे । वैज्ञानिकहरुले एम्बरग्रीस’लाई समु’द्रमा तैरिने सुन पनि भन्द’छन् । एउटा ह्वेलको शरी’रबाट एक पटकमा निस्कने एम्बरग्रीसको तौल १५ ग्रामदेखि ५० किलोसम्म हुने गर्दछ ।–एजेन्सी

२११ पटक हेरिएको

तपाईको प्रतिक्रिया