बिहिबार २३ आषाढ २०७९

काठमाडौं । केही वर्षयता सुसुप्त र निष्क्रियझैं देखिएका तराई–मधेस केन्द्रित सशस्त्र समूह फेरि सलबलाउन थालेका छन् । सरकारसँग संवादमा नआएका भूमिगत समूह हिंसातर्फ उन्मुख भएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले निगरानी बढाएको छ ।

सरकारले पटक–पटक राजनीतिक वार्ताका लागि आह्वान गर्दा पनि नआएको जयकृष्ण गोइत नेतृत्वको तराई जनतान्त्रिक मुक्ति मोर्चा (क्रान्तिकारी) ले आइतबार सिरहाको लहानस्थित मालपोत कार्यालयमा बम विस्फोट गरायो ।

गोइत समूहका उपाध्यक्ष रामविलास यादवले हिंसा त्यागेर शान्तिपूर्ण राजनीतिमा आउने भन्दै सिरहा प्रशासनमा आत्मसमर्पण गरेको दुई घण्टा बित्न नपाउँदै उक्त विस्फोट भएको थियो । गत महिना मात्रै सिरहाकै दुई ठाउँमा सुतली बम सेनाले निष्क्रिय पारिदिएको थियो ।

सरकारसँग राजनीतिक वार्तामार्फत खुला राजनीतिमा ठूलो समूह प्रवेश गरे पनि वार्ता अस्वीकार गर्दै भूमिगत बसेका आधा दर्जन समूह अहिले पुनः क्रियाशील हुन थालेका हुन् ।

प्रदेश २ मा भूमिगत समूहका गतिविधि रोकथाममा संलग्न एक प्रहरी अधिकृतका अनुसार करिब ३ सय जना फरार सूचीमा छन् । भूमिगत समूह सञ्चालन गर्नेमा २१ जना भारतीय नागरिक पनि छन् । कान्तिपुरमा खबर छ ।

१४८ पटक हेरिएको

तपाईको प्रतिक्रिया