आइतबार १९ आषाढ २०७९

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले दुई पाइलटले उडाएको जहाजको अनुभव साटेका छन् । उनले यो अनुभव पत्रकार ऋषि धमलाले आइतबार बेलुकी लिएको टेलिभिजन अन्तर्वार्तामा साटेका हुन् ।

तर उनको यो अनुभव भने सुखद छैन । प्रधानमन्त्री ओलीले पार्टी एकीकरणपछि दुई पाइलटले जेट विमान हाँकिरहेको भए पनि ल्याण्ड गर्न नपाई प्रचण्ड सिटबाट फाल हानेकोसमेत बताए ।

हाकिन्जेल हाँक्या हो। ल्याण्ड गर्न पाएको छैन ढोकाबाट जम्प गरेर, पाइलटको सिटबाट फाल हानेपछि के लाग्छः,’ प्रचण्डप्रति संकेत गर्दै प्रधानमन्त्री ओलीले भने ।

तत्कालीन एमाले र माओवादी एकता गर्दै नेपाल कम्युनिष्ट पार्टी नेकपा बनेपछि त्यसबेला प्रधानमन्त्री ओलीले नै जेट विमान हाँक्न दुई पाइलट चाहिने उल्लेख गरेका थिए ।

अर्को प्रसंगमा आफूलाई सबैभन्दा मन नपराउनेले पनि समर्थन फिर्ता नलिएको ओलीले बताए ।

‘म कति पपुलर रहेछु भने, मलाई सबैभन्दा मन नपराउनेले पनि समर्थन फिर्ता लिएको छैन,’ प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्री ओलीले नेकपा माओवादी केन्द्रलाई समर्थन फिर्ता लिनसमेत चुनौती दिएका छन् ।

प्रधानमन्त्री ओलीले आफूलाई मन नपाउने भनेर माओवादी केन्द्रतर्फ संकेतसमेत गरेका थिए । समर्थन फिर्ता लिए भो नि त,’ प्रधानमन्त्री ओलीले भने , ‘तर फिर्ता त लिएको छैन अहिलेसम्म।’

यो सांकेतिक तस्वीर इसिधाकुरा डटकमबाट लिइएको हो ।

१७३ पटक हेरिएको

तपाईको प्रतिक्रिया