आइतबार १२ मंसिर २०७८

इटहरीमा एक बैदेशिक रोजगारी सम्बन्धी ठगीको घटना बाहिर आएको छ । त्यहाँ वैदेशिक रोजगारीमा पठाउने भन्दै ३७ जना युवाबाट एक करोड पाँच लाख रुपैयाँ उठाएर दुईजना व्यक्ति फरार भएका छन् ।

बिदेश जानका लागि पैसा बुझाएकाहरु अहिले न्यायका लागि यता र उता दौडिरहेका छन् । सुनसरीको इटहरीमा सञ्चालित रोयल पाण्डा कन्सल्टेन्सीका सञ्चालक रकम लिएर फरार भएपछि युवाहरुको बिचल्ली भएको समाचार सञ्चारपाटीले छापेको छ । ठगीमा परेका युवाहरु अहिले न्यायका लागि जिल्ला प्रशासन कार्यालय र श्रम तथा रोजगार कार्यालयमा धाउन थालेका हुन् ।

इटहरी उपमहानगरपालिकामा शैक्षिक परामर्श सम्बन्धि कार्य गर्न दर्ता गरेर कन्सल्टेन्सीका सञ्चालक दिपकप्रसाद ढुंगेल र विशाल आचार्यले युवाहरुलाई रोजगारीका लागि पठाउने भन्दै रकम उठाएका थिए । युवाहरुबाट २ लाख ५० हजारदेखि २ लाख ७० हजार रुपिँयासम्म उठाएपछि कार्यालय नै बन्द गरेर उनीहरु फरार भएका छन् ।

मोरङको बेलबारी–४ का टंकप्रसाद दाहालले ऋण गरेर कन्सल्टेन्सीमा बुझाएको रकम लिएर सञ्चालक फरार हुँदा चिन्ताले सताएको बताए । एकाएक सञ्चालकहरु कार्यालय नै छोडेर भा गे को पाइएपछि उनीहरुले जिल्ला प्रशासन कार्यालय सुनसरी र श्रम तथा रोजगार कार्यालय विराटनगरमा खोजी गरि कारवाहीको दायारमा ल्याईदिन माग गर्दै उजुरी दिएका छन् ।

इटहरी उपमहानगरपालिकामा भर्खरै दर्ता गरिएको कन्सल्टेन्सीले यूईए मात्रै नभई युरोपियन मुलुकमा पठाउने भन्दै पनि रकम उठाएको युवाहरुले बताएका छन् ।

इटहरी उपमहानगरमा २२२०५०-२०७६/२०७७ मा दर्ता भई पान नम्बर ६१२४८९१७ समेत लिएको कन्सल्टेन्सीले ठगी गर्नकै लागि मात्रै संस्था दर्ता गरेको हुनसक्ने आशंका गरिएको छ । युवाहरुलाई यूएई हुँदै फ्रान्ससम्म पु¥याउने आश्वासन दिएर रकम संकलन गरिएको तस्वीर र समाचार सञ्चारपाटी बाट साभार गरिएको हो ।

 

२२७ पटक हेरिएको

तपाईको प्रतिक्रिया