आइतबार ३१ आश्विन २०७८

पूजासँग ब्रेकअप भएसँगै गरिमाको प्रेममा परेका आकाशले गरे इन्गेजमेन्ट, आकाशले खुशी हुँदै भने अब मेरो जिन्दगीको गाडी अगाडी बढ्यो, गरिमा जस्ती राम्री प्रेमिकाले साथ दिइन् भन्दै छन् खुशीले फुरुगं, इन्गेजमेन्टको दिन सम्झे पूजालाई, हेर्नुहोस् भिडियो

***

किरण केसी भन्छन्– गहना र आइफोन नकि’न्‍नुस, पैसा जोगाएर माटोमा लगानी ग’र्नुहोस्…

किरण केसी भन्छन्– गहना र आइफोन नकिन्‍नुस, पैसा जोगाएर माटोमा लगानी गर्नुस् किरण केसी, हाँ’स्यकलाकार

म ललितपुर, इमाडोलको रैथाने हुँ । मेरो बुवाको यहाँ सय रोपनी जग्गा-जमिन थियो । अहिले मैले घर भएको ठाउँलाई त्यो बेला ‘इनारको गरो’ भनिदो रहेछ। दुई रोपनी इनारको गरो बुबाले त्यो बेला तीन सय रुपैयाँमा किन्‍नुभएको रहेछ । एकपटक उहाँको डायरी पल्टाउँदा यो कुरा थाहा पाएको थिएँ । पछि उहाँले सबै जग्गा हामीहरूलाई बाँडफाँड गरिदिनुभयो ।

इमाडोल वरपर जताततै मेरा आफन्तै आफन्त छन् । म ३५ वर्ष हुँदासम्म हाम्रो पुरानो घर थियो,त्यही बसियो । त्यो घर अहिले पनि छ । त्यसलाई मैले रेस्टुरेन्ट बनाएको छु । पुरानो घर साँघुरो हुन थाल्यो । वि’स्तारै सुविधा सम्पन्‍न घरको आवश्यकता महुसस हुन थाल्यो । पुरानो घरमा ट्वाइलेट जान बाहिर निस्केर एक फन्को करेसो घुम्‍नुपर्थ्यो। समयले कोल्टे फेर्यो । अट्याच्ड बाथरुमको चलन आउनथाल्यो ।

मलाई पनि अट्याच्ड बाथरुमसहितको घर बनाउने रहर जाग्यो । त्यो बेला जग्गा प्रशस्तै थियो तर, पैसा थिएन । तैपनि, २०५० सालमा पक्की घर बनाउन तम्सिएँ । त्यसताका पिलर सिस्टम सुरु भएको थिएन । सिमेन्ट किन्‍न अहिले जस्तो सजिलो थिएन, सोर्सफोर्स लगाउनुपर्थ्यो ।आफ्नै इँटाभट्टा भएकाले इँटाको भने दुःख भएन। एक बोरा सिमे’न्टको ३३ रुपैयाँ पर्थ्यो । एक टिप बालुवाको २ सय र एक हजार इटाँको ३ सय ७५ रुपैयाँ पर्थ्यो । अहिले त्यही इँटा १७ हजार पर्छ ।

एक तला घर बन्यो । एक तला बनेपछि फेरि दोस्रो तला थप्‍न मन लाग्यो । लाउन खानमा सोखिन भएकाले पैसा हुनेबित्तिकै खर्च गरिहाल्थेँ । त्यतिबेला म हङकङबाट ल्याएको १० हजार रुपैयाँको डिङ्गो बुट लगाउँथेँ । एकदिन ढलानमा त्यही डिङ्गो बुट लगाएर पानी हाल्दै थिएँ ।‘अब पैसा यस्तो डिङ्गो बुटमा भन्दा आफू बस्‍ने घरमा हाल्छु’ भन्‍ने सोचेँ । यता उतीबाट पैसा जुटाएर साढे दुईतले घर बनाएँ । तर, फिनिसिङ गर्न हतार गरिनँ । घर बनाएको दुई बर्षपछि प्ला’स्टर गरेँ । त्यसको एक बर्षपछि कलर अनि बिस्तारै झ्याल ढोका राख्दै गएँ। पाँच वर्ष लगाएर घर तयार गरेँ ।

मेरो घरमा ११ ओटा कोठा छन् । भु’इँतलामा बैठक, दुइटा किचन र एउटा रुम छ । पहिलो तलामा मेरो बेडरुम, लुगाफाटा राख्‍ने कोठा, नातिनीका कोठा र पाहुनापाछा आउँदा बस्‍ने कोठा छ । दोस्रोमा कान्छो छोराको बेडरुम, स्टोर र पुजा कोठा छन् । सम्मानपत्र र पुस्कारलाई भुइँतलाको बैठकमा सजाएर राखेको छु । मलाई घरको रङ बेलाबेला फेरिरहन मन लाग्छ । सुरुमा क्रिम कलर लगाएको थिएँ ।

अहिले आफ्नै राशीको हरियो र निलो रङ बढी प्रयोग गरेको छु । त्यसबाहेक सुन्तला र सुगा रङ पनि लगाएको छु ।चम्किला रङले घर उज्यालो बनाउँछ भन्‍ने लाग्छ मलाई। धेरेजसो कोठा वालपेपरले सजाएको छु । विदेश घुम्दा जसको घरमा पनि वालपेपर लगाएको देख्थेँ । अनि मलाई पनि रहर लागेर वालपेपरले घर सजाएँ । मेरी श्रीमतीलाई बगैँचाको एकदमै सोख छ । बगैँचाको लागिमात्रै हामीले डेढ रोपनीजग्गा छुट्याएका छौँ । त्यो बगैँचामा बस्दा दुनि’याँभरको दुख बिर्सिन्छौ हामी ।

मैले आफैले चितवनमा सात रोपनी जग्गा जोडेको छु । इमाडोलमा १८ रोपनी पै’तृक सम्पत्ति छ । २०५८ सालमा यहाँ १८ आना जग्गा १२ लाखमा पाइन्थ्यो । अहिले सेन्टरमा एक आना जग्गाको मुल्य १ करोड सम्म पुगेको छ । तैपनि, किन्‍न खोज्दा जग्गा भेटिदैन ।अहिले एउटा सटरको भाडा नै ४० हजार पर्न थालेको छ । तर, यहाँ पानीको एकदमै समस्या छ । सरकारी धाराको पानी आउँदैन । जारको पानी किनेर खानुपर्छ । मेरो घरबाट सिं’हदरबार पुग्‍न जम्मा १० मिनेट लाग्छ । तर, खानेपानीको हकमा इमाडोल कुनै दुर्गम क्षेत्रभन्दा कम छैन ।

घरबारे के सुझाव दिन्छन् किरण?

जीवन डेरामा बसेर साध्य हुँदैन त्यसैले काठमाडौँमा घर बनाउने भए कमाएको पैसा बचत गर्न सिक्नुस गहना जोड्ने, आइफोन किन्‍ने, रेस्टुरेन्टमा गएर खानेभन्दा पनि आफूसँग भएको पैसा जग्गा जमिनमा हाल्नुहोस्

सहरमा घर बनाउने नाममा गाउँमा भएको जग्गा’जमिन नबेच्‍नुस्, पुर्ख्यौली भनेको पुर्ख्यौली नै हुन्छ बैठक कोठा सकेसम्म तल्लो तलामा नै बनाउनुहोस्, पाहुना आउँदा तलै बसेर गफ गर्न सजिलो हुन्छ
घरमा मधुरोभन्दा चहकिलो रङ लगाउनुहोस्, त्यसले घरको सौ’न्दर्य बढाउँछ

कोठाहरू रङरोगनले भन्दा वालपेपरले सजाउनुहोस् ।
घर बनाउँदा थोरै भएपछनि बगैँचाको लागि पनि जग्गा छुट्याउनुहोस् ।
जग्गा किन्दा सकेसम्म पानी प्र’शस्त आउने ठाउँ रोज्‍नुस्, त्यसको लागि राजधानीबाट केही टाढा भएपनि फरक पर्दैन। अहिले एक घर एक साधन जसको पनि हुन्छ ।

२३ पटक हेरिएको

तपाईको प्रतिक्रिया