Saturday, December 5

काठमाडौं उपत्यकामा ९२ जना नयाँ संक्रमित थपिए

August 9, 2020 37

काठमाडौं । काठमाडौं उपत्यकामा ९२ जना नयाँ संक्रमित थपिएका छन् । काठमाडौंमा ९० र ललितपुरमा दुई जना गरी आइतबार उपत्यकामा ९२ जनामा संक्रमण देखिएको हो ।

आइतबार देशभर तीन सय ८० जनामा कोरोना संक्रमण देखिएको छ । हालसम्म देशभर कुल संक्रमितको संख्या २२ हजार ९ सय ७२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिनुभएको छ । पछिल्लो २४ घण्टामा ४० जना कोरोनाका बिरामी निको भएर घर फर्किएका छन् । काेराेनाबाट नेपालमा हालसम्म ७५ जनाले ज्यान गुमाइसकेका छन् ।

मकवानपुरमा २३ जना नयाँ संक्रमित थपिए

जिल्लामा आज २३ जना कोरोना सङ्क्रमित थपिएका छन् । हेटौँडा उपमहानगरपालिकामा २० जनासहित जिल्लामा आइतबार २३ जना कोरोना संक्रमित थपिएका हुन् ।

हटिया प्रहरी चौकीमा कार्यरत चार जनामा संक्रमण देखिएको छ । केही दिनअघि मात्रै हटिया चौकीमा एकजना प्रहरी सङ्क्रमित भेटिएको थियो । संक्रमितमध्ये ६ महिला र १७ पुरुष रहेको आइसोलेसन वार्डका जनस्वास्थ्य निरीक्षक भोला चौलागाइँले जानकारी दिनुभएको छ ।

आज पहिचान भएका सङ्क्रमितमध्ये वडा नम्बर २ का एकजना २९ वर्षीय, वडा नम्बर ४ का २८, ३२, ३६ र ५४ वर्षका चारजना, वडा नम्बर ५ का २१, ३०, ३२ र ३९ वर्षका चार जना रहेका छन् । यस्तै वडा नम्बर ९ का ४३, ७० र ८८ वर्षका तीनजना, वडा नम्बर ६ का २६ वर्षीय एकजना, वडा नम्बर ११ का ३४ वर्षीय एकजना, वडा नम्बर १३ का एकजना रहेका छन् ।

यस्तै प्रहरी चौकी हटियाका २४, २९, ३४ र ३५ वर्षका चारजनामा कोरोना सङक्रमण पुष्टि भएको छ । हेटौंडा–११, थानार्‍याङमा काम गर्ने विराटनगरका २१ वर्षीय एकजना, बकैया, भीमफेदी र मकवानपुरगढी गाउँपालिकाका क्रमशः २४, ३० र ५२ वर्षका तीनजनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको आइसोलेसन वार्डका जनस्वास्थ्य निरीक्षक चौलागाइँले जानकारी दिनुभएको छ ।

शुक्रबार र शनिबार प्रयोगशालामा पठाइएका नमुनामध्ये बाँकी रहेका ३५ नमुनामा २३ वटा नमुना कोरोना सङ्क्रमण पुष्टि भएको चौलागाइँले बताउनुभएको छ । शुक्रबार र शनिबार पठाइएको स्वाबको नमुनामध्ये अझै २ वटाको रिपोर्ट आउन बाँकी रहेको र आज ४६ वटा नमुना प्रयोगशाला पठाइएको छ ।

प्रतिकृया दिनुहोस्