शुक्रबार ३१ बैशाख २०७८

घरमा छोरी हुने परिवारलाई नेपाल सरकारले निशुल्क दिने भयो अब यस्तो सुविधा ! काठमाडौ । प्रदेश नं २ सरकारको ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत बीमा गराएका २७ हजार छोरीको घरमा निःशुल्क इन्टरनेट सेवा जडान गर्ने तयारी थालिएको छ ।

छोरी शिक्षा बीमा गराएका २६ हजार ९५६ छोरीको घरमा निःशुल्क इन्टरनेट जडानको तयारी गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । प्रदेश सरकारको ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमअन्तर्गत सञ्चालित छोरी शिक्षा बीमा कार्यक्रममा २ माघ २०७६ यता बीमा गराएका छोरीको घरमा इन्टरनेट जडान गर्न लागिएको अभियानकी संयोजक प्रियङ्का यादवले जानकारी दिनुभयो ।

….

ओलीले हामीलाई आश्चर्य चकित पारे, ओलीलाई विश्वासको मत दिन्छौँ, केन्द्रिय समिति बैठकमा पनि जान्छौँ (भिडियो हेर्नुस्)

ओलीले हामीलाई आश्चर्य चकित पारे, ओलीलाई विश्वासको मत दिन्छौँ, केन्द्रिय समिति बैठकमा पनि जान्छौँ (भिडियो हेर्नुस्)
FacebookTwitterPrintEmailMore
नेकपा एमालेका नेता झलनाथ खनालले अध्यक्ष केपी शर्मा ओलीको कदमले आफुहरुलाई आश्चर्य चकित पारेको बताएका छन् । सर्वोच्च अदालतले नेकपा एकता भंग गरिदिएपछि अब पार्टीमा नयाँ तरंग उत्पन्न भयो, अब फरक ढंगले पार्टीलाई लैजानुपर्छ भनेर कार्यकर्तामा तरंग उत्पन्न भएको बेलामा ओलीले सबैलाई चकित् पारेको बताएका छन् । पार्टी एकता बनाएर लैजानु भन्दा पनि गुटको बैठक बोलाएर एमालेलाई नै विसर्जन गर्न खोजेको बताएका छन् ।

उनले ओलीले एकता बचाउन नसकेको बताए । पार्टी एकता गर्दा पनि छलफल नगरी माओवादी केन्द्रसंग एकता गर्ने र एकता भंग भएपछि पनि एमालेलाई एउटा गुटको रुपमा चलाउने क्रम जारी राखेको बताएका छन् । उनले आफुहरुलाई माओवादीवाट आएको भनेर अपमान गरिएको बताए । आफुहरुको अवस्था जुन हो प्रधानमन्त्री ओलीको पनि त्यही अवस्था भएको भन्दै आफुहरुलाई एमालेमा आएको भन्न नमिल्ने बताए ।

एमालेलाई धेरै संघर्षका साथ बनाइएको बताउँदै अहिले नै पार्टी फुट्यो भन्न नमिल्ने उल्लेख गरे । खनालले भने,“जसरी पार्टीलाई एकतापूर्ण तवरले बचाउनुपथ्र्यो त्यो अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले न वैचारिक, न राजनीतिक, न शैद्धान्तिक तरिकाले बचाउन सक्नुभयो न पार्टी एकिकरण नै, उहाँले पद र शक्तिमा पुगेपछि पार्टीलाई बिर्सनुभयो ।”

खनालले आफूलाई दशौं महाधिवेशनले मात्र पदबाट हटाउन सक्ने तर्क गरे । उनले वैधानिकरुपमा बैठक नबोलाएर गुटगत बैठकबाट आफुअनुकुलका निर्णय ओलीले गरेकाले पार्टी विसर्जनतिर गएको आरोप लगाए । माओवादी केन्द्रसँग विगतमा एकिकरण गर्दापनि अध्यक्ष ओलीले आफुहरुसँग छलफल नै नगरेको बताए ।

 

२८ पटक हेरिएको

तपाईको प्रतिक्रिया