सोमबार ०८ कार्तिक २०७८

तनहुँस्थित रक गार्डेनका रुपमा चर्चित सेतीको खोचमा खसेकी पवित्रा लम्साल अझै वे पत्ता छिन् । उनको व्यापक खोजी भइरहेको छ । शुक्लागण्डकी नगरपालिका–८ लालिमकी १९ वर्षीया पवित्रा लम्साल बेपत्ता भएको इलाका प्रहरी कार्यालय बेल चौताराले जनाएको छ । शुक्लागण्डकी नगरपालिका–८ पुलचोकस्थित सेतीनदी किनारमा रहेको रक गार्डेनमा टिकटक बनाउने क्रममा उनी खसेर बेपत्ता भएकी हुन् । आफ्ना दुई साथीसँग घुम्नका लागि पुलचोक गएकी लम्सालको नदीमा खसेकी हुन्।

साथीहरुले आफै हाम फालेको कि चिप्लिएको भन्दा उत्तर दिए, ‘खै !’ नजान भन्दा भन्दै गएको समेत बताए । भिडियोमा पनि साथीहरुले चिच्याएर रोक्न खोजेको सुनिन्छ ।सँगै गएकामध्ये एक साथी देविका पौडेलले भनिन्, ‘आफै हाम फालेको जस्तो लाग्छ । पवित्रा ब्येपत्ता भा लगत्तै ५ दिनअघि विवाह गरेकी लम्साल दुलहन फर्काउन माइत आएकी थिइन्। पबित्रा ब्ये’पत्ता भए लगत्तै उनका साथिहरु मिडियामा आएका छन्।

पवित्रा खसेपछि हात दिएको उनीसँगै गएका दुई साथीले बताएका छन् । साथीहरुका अनुसार रक गार्डेनमा फोटो खिच्न आग्रह गरेकी थिइन् । देवरको फोन आएको छ भन्दै भेट्न जाने आग्रह गरेको बताइन् । कुर्नुपर्ने भन्दै जान भनेको सुनाइन् । टिकटक बनाउन लाग्दा वेपत्ता भनिएकी युवती पवित्रा लम्साल जोखिम मोलेर सेतीको पानीसम्म पुगेको देखिन्छ । साथीहरु चिच्याइरहँदा पनि पवित्रा तल गइन् । उनले फोटो खिच्न भनेको साथीहरुले सुनाए ।

पवित्राको विवाह भएको समेत आफूहरुलाई जानकारी नभएको बताए । साथीहरुले भने, ‘विहान उठ्यो लिपपोत गर्यो, खाना बनाएर घाँस काट्न जानुपर्ने रहेछ । कसरी सक्ने हो मैंले भनिन् ।’५ दिन अघि विवाह गरेर माइती पुगेकी पवित्रा तनहुँको शुक्लागण्डकी नगरपालिका ८ को पुल्चोकस्थित रक गार्डेन भनिने सेती नदीमा खसेकी हुन् । १९ वर्षीया पवित्रा दुरान फर्काउन माइतीघर गएकी थिइन् ।भिडियोमा पवित्रालाई ‘लाछी भन्छन्’ भन्दै नदीमा नजान भनिएको सुनिन्छ । पवित्राको शुक्ला ८ लालिम माइती घर हो । भीमाद १ मा उनका विवाह भएको थियो ।

भर्खर ५ दिन अघि बिबाह गरेर गएकी साथीले माइत आए पछि हामीलाई फोनमा म माइत आएकी छु। म स्कुलमा सर्टिफिकेट लिन जानु छ तिमीहरु पनि पनि औ है अब हाम्रो कहिले हो भेट हुने थाहा छैन भनेर भनेपछि हामि भेट्नको लागि गएका थियौ। डु’बेपछि हात दिएको र सिमसिम पानी परेको थियो ।’ पवित्राले आफूलाई केटा मन नपरेको भनेको साथीहरुले बताए । सँगै गएकामध्ये एकले भनिन्, ‘केटा मन नपरेको र धेरै दुःख रहेछ भनिन् ।

 

१४८ पटक हेरिएको

तपाईको प्रतिक्रिया