सोमबार ०८ कार्तिक २०७८

असोज, काठमाडौं । मलेसियाबाट एकैदिन ६ जना नेपाली श्रमिकको शव नेपाल ल्याइएको छ । सँगै अन्य १५ श्रमिकको अस्तु पनि ल्याइएको छ ।वैदेशिक रोजगारीका क्रममा विभिन्न कारण मृ’त्यु भएकाहरुको शव र अस्तु ल्याइएको हो । नेपाल सरकार र मलेसियामा रहेको जनउद्धार केन्द्रकोे पहलमा मृतकको शव नेपाल ल्याएर आफन्तलाई बुझाइएको हो ।

जनउद्धार केन्द्र मलेसियाका स्वयंसेवक मुकुट रायमाझीका अनुसार २१ मृतकमध्ये एक २० वर्षअघि मलेशिया गई हालसम्म नेपाल नफर्किएकाको समेत छन् । परिवारका सदस्यहरुले बुबाको अनुहारै नदेखेको बताएपछि जनउद्धार केन्द्रको पहलमा शव नेपाल ल्याएको उनले बताए ।

सन् २००२ मा उहाँ मलेसिया गएका ती श्रमिक सम्पर्कबिहीन भएर बसेका थिए ।का’नू’नी र प्रक्रियागत झन्झटले गर्दा विदेशमा मु’त्यु भएका व्यक्तिको शव ल्याउन अझै सहज भएको छैन ।

विदेशमा मृ’त्यु भएकाहरुको शव ल्याउनका लागि नेपाल सरकार र त्यहाँँस्थित जनउद्धार समितिले पहल गर्दै आएको छ । सरकारले मृतकका आफन्तको घरसम्म श’वबाहनमा श’व पुर्याउने गर्दै आएको छ ।

***

आउँदो चुनावमा एमाले पत्तासाप हुने निश्चित , सांसद भागबण्डामा पाँच दलीय गठबन्धनको यस्तो सहमति !

 

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले मन्त्रिपरिषद अझै एक साता विस्तार नहुने बताउनुभएको छ ।

मिनभवनस्थित केन्द्रीय कार्यालय उद्घाटन गर्दै अध्यक्ष नेपालले एक साताभित्रमा सरकारले पूर्णता पाउने भन्दै भन्नुभयो, ‘म प्रधानमन्त्री भएको भए ठ्याक्कै भनिदिन्थें, आशा गरौं, यो हप्ताभित्र हुने छ ।’

आफ्ना कारणले सरकार विस्तारमा ढिलाई नभएको आशय व्यक्त गर्दै उहाँले आज भने आजै, भोलि भने भोलि नै तयार रहेको प्रतिक्रिया दिनुभयो ।

संघीय सरकारमा सामेल हुने मात्र नभई प्रदेश १ र बागमती प्रदेश सरकारमा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्ने भन्दै भन्नुभयो, ‘सातैवटा प्रदेशमा हाम्रो सहभागीता रहनेछ ।’

तत्काल अरु पार्टीसँग एकीकरणको सम्भावना नरहेको र आगामी निर्वाचनसम्म पाँच दलीय गठबन्धन सँगै जाने भन्दै नेपाले भन्नुभयो, ‘हामी चुनावअघि अरु पार्टीसँग एकीकरण गर्दैनौं । यो पाँच दलीय गठबन्धनलाई निरन्तरता दिन्छौं । आउने चुनावमा पनि हामी मिलेर लड्छौं । यो गठबन्धन चुनावसम्म लैजान्छौं ।’

दक्षिणपन्थी भासमा डुबेको एमालेसँग भने गठबन्धन नहुने उहाँले प्रष्ट गर्नुभयो । एमसीसीका निम्ति सीमा नाघेर केपी ओलीको सरकारले काम गरेकाले अहिले प्रश्न सोध्नु परेको तर्क पनि गर्नुभयो ।

आफ्नो पार्टीले सबै पार्टी र नेता उस्तै हुन् भन्ने मान्यता चिर्ने र यो जनतालाई अल्मल्याउन गफ दिने पार्टी नभई यथार्थवादी राजनीति गर्ने पनि उहाँको भनाइ थियो ।

७१ पटक हेरिएको

तपाईको प्रतिक्रिया