सोमबार ०८ कार्तिक २०७८

काठमाडौँ । हिजो मात्रै एक अपरिचित महिलाले भेरी नदीमा हा’म फा’लिन भन्ने खबर बाहिरिएको थियो। उनि ३१ बर्षिय अमिला परियार रहेको खुल्न आएको छ उनि अझै बेपत्ता रहेकी छिन । भेरी नदीको किनारामा कपडा, मोबाइल र चेकलगायतका सामान छाडेर भेरी नदीमा हा’मफा’लेकी थिइन् भनेर जता ततै मिडियाहरुले छापे पनि तर उनका आफन्तका आनुसार उनि आधा शरीर नुहाउन भनेर गएको बताईएको छ ।

आफू मलामी गएको बेला भेरी नदी किनारबाट महिलाले हा’मफा’लेको प्रदेश सभा सांसद पदमा खड्काले बताइन् । ‘नदी किनारामा केही कागज र कपडा छन्, प्रहरी नपुग्दासम्म हामीले हेर्न मिलेन,’ उनले भनिन्, ‘तत्काल उनको खोजी र पहिचानका लागि प्रहरीचौकी सुब्बाकुनालाई खबर गरिदिएका छौं ।’

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कनक शाहीले पनि घटनास्थलमा प्रहरी गएकाले थप विवरण केही बेरमा थाहा हुने बताए । नदीमा हाम फालेकी महिलाले नदी किनारमा केही सामान छाडेकी छन् ।

&&&

दसैंका लागि काठमाडौं उपत्यकाबाट गाउँ जानेहरूका लागि आयो खुशीको खबर

नेपालीहरूको मुख्य पर्व दसैं नजिकिँदै गर्दा काठमाडौं उपत्यकाबाट गाउँ जानेहरूका लागि सरकारले यातायातको सहज व्यवस्था गर्ने भएको छ । त्यसका लागि आगामी १० असोजबाट अग्रिम टिकट बुकिङ खुला गरिने तयारी गरिएको छ ।

दसैंमा घर जानेहरूको भिडभाड हुने भएकाले सरकार र यातायात व्यवसायीहरूद्वारा अग्रिम टिकट बुकिङ खुलाएर व्यवस्थापन गर्ने तयारी गरिएको हो । दसैंमा अग्रिम टिकट बुकिङ खुलाउने विषयमा शुक्रबार व्यवसायी र सरकारी प्रतिनिधिबीच यातायात व्यवस्था विभागमा छलफल भएको छ ।

सो छलफलमा विभाग र सार्वजनिक यातायात केन्द्रीय महासंघबीच दसैंमा उपत्यकाबाहिर जानेहरूका लागि अग्रिम टिकट बुकिङ १० असोजदेखि खुलाउने विषयमा सहमति भएको विभागले जनाएको छ । महासंघका अध्यक्ष डोलनाथ खनालले आफूहरू अग्रिम टिकट बुकिङ खुला गर्न सहमत भएको बताए ।

महासंघमा करिब सयवटा कम्पनी आबद्ध छन् र एक तिहाइ बस उपत्यकाबाहिर लामो रुटमा चल्ने गरेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघसँग भने दसैंमा अग्रिम टिकट बुकिङ खुलाउने विषयमा सहमति हुन बाँकी छ । त्यसका लागि पुनः छलफल गरिने भएको छ ।यो समाचार राजधानी दैनिकमा छ ।

सो महासंघसँग समेत सहमति गर्नेगरी सरकारी पक्षले आवश्यक गृहकार्य अघि बढाएको छ । कोभिड–१९ को महामारी सुरु हुनु अघि विगतका वर्षहरूमा दसैं सुरु हुनुभन्दा १५ देखि एक महिना अघि नै अग्रिम टिकट बुकिङ खुलाउने गरिँदै आएको थियो ।

 

Last Updated on: September 19th, 2021 at 10:57 am

७४ पटक हेरिएको

तपाईको प्रतिक्रिया