Thursday, October 29

सुस्माले कहाँ भेटिन् पूर्व युवारज पारसलाई ?

August 9, 2020 410

काठमाडौं । पछिल्लो समय चलचित्र अभियनबाट लगभग टाढा नै रहेकी अभिनेत्री सुस्मा कार्की सामाजिक सञ्जालमार्फत बेला–बेला चर्चामा आउने प्रयास गरिरहेकी हुन्छिन् ।

कहिले नाइटोमा फुली लगाएको भिडियो शेयर गरेर त कहिले सलमान खानसँगको फोटो शेयर गरेर, उनी मिडियाको धान आफूतिर तान्ने कोशिष गरिरहेकै हुन्छिन् ।

फ्यानहरुको ध्यान तान्न पनि होला सायद, सामाजिक सञ्जालमार्फत केही केही कुरा शेयर गर्नुपर्ने बा’ध्यतामा छिन् कार्की ।

शुक्रबार मात्रै अभिनेत्री कार्कीले पूर्वयुवराज पारस शाहसँगको फोटो शेयर गरेकी छन् । ब्याकग्राउन्ड हेर्दा दुवैजनाबीच कुनै पार्टीमा भेट भएको देखिन्छ ।

तर, कार्कीले फोटोको ‘लोकेशन’बारे भने केही उल्लेख गरेकी छैनन् ।

पारससँगको फोटो शेयर गर्दै कार्कीले फेसबूकमा लेखेकी छन्, हरेक दिन मैले भगवानबाट आशिष पाइरहेकी छु । र, म यसलाई एक नयाँ शुरुवात मान्दछु । हो ! सबैचिज सुन्दर छ । आदरणीय युवराज सँग ।
सुस्मालाई उनका प्रसंशकहरुले पूर्वयुवराज पारससँगलाई कहाँ भेटेको ?

यो तस्वीर कहाँ लिएको भनेर प्रश्न पनि गरेका छन् । त्यसमा भने उनले केही जवाफ फर्काएकी छैनन् ।पूर्वयुवराजसँगको फोटो शेयर गर्दै सुस्माले लेखिन् यस्तो

प्रतिकृया दिनुहोस्