Monday, November 30

लकडाउनका कारण घर जान नपाएका एक युवक काठमाडौंमा साग चोरि गरेको अभियोगमा निर्घात कुटपिट

August 9, 2020 170

काठमाडौं । लकडाउनका कारण घर जान नपाएका एक युवक काठमाडौंमा साग चोरि गरेको अभियोगमा निर्घात कु’टि’एका छन् । उनलाई सागधनीले हात खुट्टा बाँ’धेर कु’टे’का हुन् । उनको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । लकडाउनका कारण घर जान नपाएका उनी वेरोजगार भएका छन् । पेट भर्ने अरु कुनै उपाय नपाएर साग चोरी गर्न बारीमा पुगेका उनलाई सागधनीले फेला पारेपटि कु’टे’का हुन् ।

उनलाई हात खुट्टा बाँ’धेर बारीमै ल’डा’एर कु’टि’एको तस्बिरवाट पुष्टि हुन्छ । यो काठमाडौ कुन ठाउँको हो भन्ने खुलेको छैन । एक जना सामाजिक सञ्जाल प्रयोगकर्ताले उनको तस्बिर सार्वजनिक गर्दै साग चोरीको आरोपमा यति ठूलो स’जा’य दिनेलाई कारवाही माग गरेका छन् ।

उनले भुपेन्द्र खड्का को ट्वीटर ह्याण्डलवाट सार्वजनिक भएको यो तस्बिरमा उनले लेखेका छन्, ‘लकडाउनमा घर जान नपाएर काठमाडौंमै थु’नि’एका कालिकोटका युवा साग चोरीको आरोपमा नि’र्घा’त कु’टि’एका छन्,भोकले अ’प’रा’ध जन्माउँछ तर उनको अ’प’रा’धै भए पनि ज’घ’न्य होइन, कति हजारको साग चोरे उनले ?

साग धनीलाई क्षतिपूर्ति र सागचोर भाइलाई कालिकोट पुर्‍याउने खर्च मेरो तर्फबाट’ भन्दै एक ट्विटर प्रयोग कर्ता भुपेन्द्र खड्काले लेखेका छन । उनले यो काठमाडौको कुन ठाउँमा भएको घटना हो भन्ने कुरा भने उल्लेख गरेका छैनन् ।

लामो समय देखिको लकडाउनका कारण काठमाडौमा रोजगारीका लागि आएका युवा युवती वेरोजगार बनेका छन् । अहिले सामान्य वजार खुलेको भएपनि ब्यपापार ब्यवसाय नचलेका कारण काम पाइएको छैन । लामो दुरीको यातायात सञ्चालन नहुँदा आफ्नो घर समेत जान नपाएका छैनन् । काठमाडौमा भोक भोकै भएका युवा युवती कुलतमा लाग्ने खतरा पनि बढेको छ । भोक र गरिबीले चोरीका घटना बढ्ने अनुमान लगाउन सकिन्छ ।

प्रतिकृया दिनुहोस्