Thursday, October 22

काठमाडौँ आइतबार अहिलेसम्मकै धेरै ९२ जनामा कोरोना संक्रमण

August 9, 2020 45

 काठमाडौँ, २५ साउन । काठमाडौँमा आइतबार अहिलेसम्मकै धेरै कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो चौविस घण्टामा काठमाडौँ उपत्यकामा थप ९२ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौँमा ९० र ललितपुरमा २ सहित ९२ जनामा कोरोना संक्रमण देखिएको बताउनुभयो । उहाँले  राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा काठमाडौँका ४४ र ललितपुरका १ जनामा संक्रमण देखिएको जानकारी दिदै  शुक्रराज अस्पताल टेकुमा काठमाडौँका १८ मा कोरोना देखिएको बताउनुभयो । यस्तै पाटनमा ५ जना, कोरिया मैत्री अस्पतालमा काठमाडौका १, वीरेन्द्र अस्पताल छाउनीमा काठमाडौंका १ जना र ह्याम्स अस्पतालमा काठमाडौंका ८ जनामा सक्रमण देखिएको छ । यस्तै स्टार अस्पतालमा काठमाडौँका १३ र ललितपुरको १ जनामा संक्रमण देखिएको छ ।

healthy khabar

 

 

प्रतिकृया दिनुहोस्