शुक्रबार १० बैशाख २०७८

काठमाडौं- नायिका केकी अधिकारीले कपाल खौरिएकी छन् । कपाल खौरिएर उनी नया लुक्समा देखिएकी छन् । इन्टाग्राम स्टोरी मार्फत उनले आफ्नो कपाल खौरिएपछिको नयाँ लुक्स सार्वजनिक गरेकी हुन्। तस्विर राखे पनि केकीले कपाल किन खौरिएको बारेमा भने उनले केही उल्लेख गरेकी छैनन् । तर उनले आफूले कहिले नकाटेको र धेरै माया गरेको कपाल काट्दा आफु धेरै रोएको बताएकी छन् ।

केकीले नयाँ चलचित्रको नाम भने अहिले खुलाउन नमिल्ने भन्दै लचित्रको अफर आएपछि काम सक्छु भन्दैकपाल काट्न तयार भएको बताइन् । गेटअप सार्वजनिक भएपछि कसैले मलाई विरामी हो कि भनेर सोचे, कसैले मानसिक रुपमा तनाव भएको हो कि भनेर सोचे । कसैले केटा जस्तो देखियो भनेर प्रतिक्रिया दिए त कसैले टाउको कती मिलेको रहेछ भनेर प्रतिक्रिया दिए । मानिसहरुको प्रतिक्रियाले आफुलाई अझै उत्साहित भएको बताएकी छन् ।

सधै नै फरक–फरक भूमिकामा काम गर्न मन पर्ने भएकाले आफूले माया गरेको कपाल काट्न तयार भएको केकी बताउछिन् । २०७३ सालको साउन र भदौ महिनामा मण्डला थिएटरमा मञ्चन भएको नाटक ‘बोक्सीको घर’ को कथामा केकीले फिल्म निर्माण गरिरहेकी छन् । फिल्ममा केकी मुख्य भूमिकामा छिन् । को ‘बोक्सीको घर’को छायांकन अन्तिम चरणमा पुगेको छ । आफ्नो छायांकनको काम सकिएपछि कपाल मुण्डन गरेको केकीले बताइन् ।

१०२ पटक हेरिएको

तपाईको प्रतिक्रिया