Monday, October 19

पुष्का प्रकरणमा विबादमा तानिएका चर्चित युट्युवर भाग्य भन्छन् ‘उतार चढावले पाठ सिकाउँदो रहेछ’ (भिडियो)

August 9, 2020 63

काठमाडौँ । चर्चित युट्युवर भाग्य न्यौपाने आँफु जहिले पनि जुन अवस्थामा पनि समाजसेवामा नै लागिपर्ने बताएका छन् ।

ओएस नेपालसँगको कुराकानीका क्रममा भाग्यले जीन्दगीमा उतार चढाव आउने र यही आरोह अवरोहका कारण पाठ सिक्ने मौका पाउने बताउका छन् । अध्ययनका लागि मलेसिया गएको बताउने जीन्दगी एक संघर्ष भएको बताउँछन् ।

नेपालका युट्युवरहरुमध्येका सर्वाधिक चर्चामा रहेका भाग्यले करिब साडे २ वर्षदेखि आँफुले माइक र क्यामेरा समातेर हिँडेको बताउँछन् ।

कैयौँ स्थानमा सहयोग गरेर चर्चा कमाएका भाग्य पुष्पा अधिकारी प्रकरणमा भने विबादमा तानिए । कोरोना कहरका बिचमा पुष्पाको घरमा अन्य समयमा भन्दा आक्रामक शैलीमा पुगेर आँफुले दिएको १० हजार सहयोग फिर्ता लिँदै भाग्य पुष्पाविरुद्ध खरो रुपमा उत्रिए ।

जुन कदम धेरैले भाग्यबाट अपेक्षा नगरेको बताए । सो प्रकरणमा भाग्य र पुष्पा दुवैले माफी मागीसकेका छन् । हेर्नुहोस् ओएस नेपालसँग भाग्यले गरेको कुराकानी तथा संर्घषको कथा भिडियोमा

प्रतिकृया दिनुहोस्