शुक्रबार ०१ आश्विन २०७८

एजेन्सी – बलिउडका उदीयमान अभिनेता सिद्धार्थ शुक्लाको असायमयिक निधनले बलिउड इन्ड्रस्टी नै स्तब्ध भयो। विशेषगरी टिभी अभिनेताका रुपमा छवि बनाएकf सिद्धार्थ बिग बोसको विजेता पनि थिए।

उनको निधनले सबै कलाकार, प्रशंसकहरु दुःखी भए। सबैभन्दा बढी पीडा उनको परिवार र प्रेमिकामा परेको छ। उनकी प्रेमिका शेहजान गिलको अवस्था हालसम्म पनि नाजुक रहेको छ। उनी कोहीसँग नबोल्ने, खाना पनि नखाने अवस्थामा रहेको भारतीय सञ्चारमाध्यमले जानकारी दिएको छ।

यसैबीच बिग बोस फेम अभिनव शुक्लाले सिद्धार्थको परिवार र शेहनाजसँग भेट गरेका छन्। रुबीना दिलैकसँग सिद्धार्थको घर पुगेका उनले शेहनाज यो कठिन परिस्थितिको सामना गरिरहेकी बताएका छन्।

बेलायतको भिसा काठमाडौंबाटै जारी गर्न माग
नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले भिसा समस्याका कारण नेपाल–बेलायत आर्थिक सम्बन्ध विस्तार हुन नसकेको उल्लेख गर्दै सहज र सुलभ बनाउन आग्रह गरेका छन्। बेलायतले नेपाली व्यवसायीलाई सहज र सरलरूपमा भिसा उपलब्ध गराए द्विपक्षीय व्यापारमा गुणात्मक वृद्धि हुने उनको भनाइ छ।

महासङ्घले आज काठमाडौंस्थित बेलायती दूतावासको अन्तर्राष्ट्रिय व्यापार विभाग र भिसा तथा आप्रवासन विभागसँगको सहकार्यमा आयोजना गरेको ‘बेलायत भिसा र अध्यागमन’ विषयक भर्चुअल अन्तरक्रियामा उनले काठमाडनैंस्थित बेलायती दूतावासबाटै निजी क्षेत्रका लागि यूके भिसा उपलब्ध गराउनुपर्ने आवश्यकतामा जोड दिए।

“बेलायती भिसा हाल नेपालबाट प्रत्यक्ष उपलब्ध छैन, जसका कारण यहाँका भिसा आवेदकहरुलाई धेरै कठिनाइ र समस्याको सामना गर्नुपरिरहेको छ”, वरिष्ठ उपाध्यक्ष ढकालले भने, “यसरी हामी सरोकारवालाबीचको छलफलमा यो व्यवस्थाबाट उत्पन्न समस्यासँगै समाधानको खोजी हुनेछ भन्ने मेरो विश्वास छ र नेपाली आवेदकहरुका लागि पक्कै पनि सहज र सरलरूपमा भिसा उपलब्ध हुनेछ।”

नेपाल र बेलायतबीच आर्थिक सम्बन्धको लामो इतिहास भए पनि द्विपक्षीय व्यापार र लगानीको अहिलेको अवस्था उत्साहजनक नरहेको वरिष्ठ उपाध्यक्ष ढकालले बताए। नेपाल र बेलायत दुवै मुलुकले आर्थिक सम्भावनाको पूर्ण क्षमताको अनुभूति गर्न नसकेको उनको भनाइ छ। सो अवसरमा ढकालले व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्याङ्क पेश गर्दै नेपालको वैदेशिक व्यापारमा बेलायततर्फ निकासीको हिस्सा एक दशमलव सात प्रतिशत र आयातमा बेलायतको हिस्सा शून्य दशमलव १६ प्रतिशत मात्र रहेको जानकारी दिए।

 

 

 

१०८ पटक हेरिएको

तपाईको प्रतिक्रिया