सरकारले लकडाउन खोल्ने निर्णय गरेकै दिन कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। हिजै (मंगलबार) साँझ बसेको मन्त्रिपरिषद् बैठकले मध्यराति १२ बजेदेखि लकडाउन अन्त्य भएको घोषणा गरेको छ।
याे पनि: लकडाउन अन्त्य गर्ने सरकारको निर्णय, अवस्था हेरेर निषेधित क्षेत्र घोषणा गरिने
सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारत कोरोना संक्रमित ६० वर्षीय पुरुषको मृत्यु भएको त्यहाँका डाक्टर सञ्जीव शर्माले जानकारी दिए । उनले भने, ‘हिजो साँझ उनको मृत्यु भएको हो।’
प्रतिष्ठानका अनुसार महोत्तरीका ती व्यक्ति प्रतिष्ठान आउँदा नै सिकिस्त अवस्थामा थिए। सुरुमा आईसीयूमा राखिएकामा पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएपछि उनलाई मंगलबार आइसोलेसनमा सारिएको थियाे।
चिकित्सकका अनुसार उनमा रुघाखोकी र ज्वरो थियो। उनको शवलाई महोत्तरी पठाइसकिएको छ। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४१ पुगेको छ।
Source Nepalkhabar
प्रतिकृया दिनुहोस्