सोमबार ०६ बैशाख २०७८

काठमाडौं । अनलाइन पानासंग कुरा गर्दै  नेकपा (माओवादी केन्द्र)का सचिव आलोक रायमाझी भन्छन्, “अहिलेको राजनीतिक अन्योल र राजनीतिक अस्तव्यस्तता दलाल संसदीय व्यवस्थाको उपज हो । संसदीय व्यवस्थामा यस्तो हारालुछ हुनु स्वाभाविक छ । अहिलेका प्रधानमन्त्री केपी शर्मा ओली यो दलाल संसदीय ब्यबस्थाको उत्तम पात्र  हुन् । केपी ओलि मुक्त देश नबनाए संघीय लोकतान्त्रिक गणतन्त्र धरापमा पर्ने पक्का छ ।”

“यो दलाल व्यबस्थाका प्रधानमन्त्री केपी ओलि नक्कली र ढोङी राष्ट्रवादी हुन् वास्तवमा उनी खतरनाक  इन्डो – अमेरिकी रणनीतिका मतियार हुन् त्यसकारण प्रचण्ड उनी भन्दा कैयौं गुणा देशभक्त छन्” उनी अगाडि थप्छन् “संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनामा मुल योगदान कमरेड प्रचण्डको छ । प्रचण्डले अब कुनै आग्रह पुर्बाग्रह बिना माओवादी र पुर्व माओवादीलाई एक ठाउँ ल्याउन मुल  भुमिका खेलेर सबै एक ठाउँ ल्याउन भुमिका खेले भने असली नायक रहिरहन बाट कसैले रोक्न सक्ने छैन । सबैलाई एकठाउ बनाउन म र हाम्रो पार्टीले उनलाई पुरै सहयोग गर्ने छ, तर अब मालेमावाद लाई स्विकार्दै अगाडि बड्नुको विकल्प छैन । यदि माओवाद लाई प्रचण्डले छोडे भने इतिहासले धिक्कार्ने छ ।”  रायमाझीले अगाडि भने” सत्ता समीकरणका लागि जे जस्ता खेल भइरहेका छन् तिनले नेपाल र नेपाली जनताका लागि केही फरक पर्नेछन् । मुलुकको स्थिति झन भद्रगोल हुनेछ । तर, ओलीलाई विस्थापित गर्न जरुरी छ ।” केपी ओलि मुक्त देश नबनाए संघीय लोकतान्त्रिक गणतन्त्र धरापमा पर्ने पक्का छ ।

अदालतको निर्णय पछी गोपाल किराती नेतृत्वको नेपाल (माओवादी केन्द्र)ले के निर्णय गर्छ हेर्न बाकी नै छ । नेता रायमाझी त्यही पार्टीका सचीव हुन । सो पार्टी प्रचण्ड नेतृत्वको पार्टीमा एकता हुने अन्तिम चरणमा पुगेको चर्चा गोपाल किरतीको अभिव्यक्ति र सामाजिक संजालका स्टाटस हरुबाट बुझ्न सकिन्छ ।

बाकी भिडियोमा हेनुस ।

kantipurionline

६२ पटक हेरिएको

तपाईको प्रतिक्रिया