Friday, October 23

बालुवाटारको अर्को षड्यन्त्र वामदेवमाथि

August 9, 2020 185

काठमाडौं  केही दिनअघि बालुवाटारमा नेकपाका केही नेताहरु वार्तामा बसे । उक्त वार्तामा विवादास्पद र बिचौलिया छविका सुशील भट्टलाई लगानी बोर्डको सीईओमा नियुक्ति गरिएको बारेमा प्रश्नै प्रश्न उठे ।

ओलीको निर्णयहरुले सरकार र पार्टी दुवै गन्हाउन थालेको भन्दै वरिष्ठ नेता झलनाथ खनाल जंगिएको खबर बाहिरिए । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीले नेतृत्व गरिररहेको समूहले गरिरहेको विवादास्पद नियुक्ति विवादमा तानिइरहेका छन् ।

ओली सरकारको उक्त निर्णयबाट उत्पन्न जनअसन्तोष र आलोचनालाई रोक्न बालुवाटारले नयाँ ‘आइडिया’ निकालेको भन्दै गौतम झस्किएका छन् ।

‘ओली समूहले भट्ट लगायतका नियुक्तिहरुबाट भइरहेको आलोचनाबाट बच्न नयाँ जुक्ति निकालेको छ,’ वामदेव निकट एक नेताले भने, ‘वामदेवजीको दबावमा भट्टलाई नियुक्ति गरिएको भनेर ओली समूहबाट आफ्ना सबै संयन्त्र परिचालन गरेर प्रचार भइरहेको छ ।’

ओली समूह निकट नेता कार्यकर्ताहरुले भट्टको नियुक्ति प्रधानमन्त्रीको चाहना नभएर वामदेवको इच्छा र दवाबमा भएको भन्दै प्रचारप्रसारलाई तिव्रता दिइरहेका छन् ।

पछिल्लो समय दाहाल-नेपाल गठबन्धनबाट टाढिएर पुनः ओली निकट बन्दै ६ बुँदे सहमतिको प्रस्ताव अगाडि बढाएको आरोप लागिरहेको बेला वामदेवमाथि आक्रमण सुरु गरेर बालुवाटारले पार्टीभित्रको विपक्षी गठबन्धनलाई सघाइरहेको माधव नेपाल समूहका एक नेताले बताए ।

‘यो त ओलीजीको चरित्र नै हो । झूट र धोकाघडीका श्रृंखलाहरुलाई बेवास्ता नगर्नु त ओलीजीको भन्दा वामदेवजीकै कमजोरी हो नि !,’ ती नेताले भने ।

Sajha  post

प्रतिकृया दिनुहोस्