Monday, November 30

सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल खण्ड एकतर्फी रूपमा खुलाइएको

July 22, 2020 170

पाल्पा — पहिरोले बुधबार बिहान फेरि थुनिएको सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल खण्ड एकतर्फी रूपमा खुलाइएको छ । लेदो माटोसहित खसेको पहिरो पन्छाएपछि सडक एकतर्फी रुपमा सवारी सञ्चालन हुन थालेको प्रहरीले जनाएको छ ।

सिद्धार्थ राजमार्गअन्तर्गत लामीडाँडामा रुखसहित खसेको पहिरो पन्छाउँदै स्थानीय र सुरक्षाकर्मी । तस्बिर : जिल्ला प्रहरी कार्यालय, पाल्पा
सडक डिभिजनको समन्वयमा काम भइरहे पनि दुईतर्फी सञ्चालन गराउन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले बताए । राजमार्गका अन्य स्थानमा पनि पहिरोकै कारण एकतर्फी रूपमा सवारी आउजाउ गराइँदै आएको छ । ती स्थानमा पूरै पहिरो पन्छाएर दोहोरो सवारी पास हुने गरी सडक खोल्ने प्रयास जारी छ ।

सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको नागमन्दिर, पैठेडाँडा, दोभान, कालीमाटी, गौडेपुललगायत दर्जनभन्दा बढी स्थानमा पहिरो खसेको छ । तानसेन नगरपालिकाको लामीडाँडामा रुखसहित पाखो खसेको थियो । बिहानैदेखि प्रहरी, स्थानीयको सहयोगमा पहिरो हटाएर सवारी सञ्चालन गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

Source Kantipur Post

प्रतिकृया दिनुहोस्