सोमबार ०६ बैशाख २०७८

पैसा कमाउन भनेर बिदेशिएका एक नेपालीको फेरि बिदेशी भूमिमा मृत्यु भएको छ । ती नेपालीको कुवेतमा मृत्यु भएको हो । उनको स्थायी घर रोल्पा भएको बताइएको छ ।

उनी बैदेशिक रोजगारीका लागि कुवेत पुगेका थिए । केही दिनदेखि कुवेतको आदान अस्पतालमा उपचार गराइरहेका रोल्पाका दिलिपसिंह बुढामगरको उपचारकै क्रममा मृत्यु भएको हो ।

गैरकानुनी रुपमा कार्यरत रहेका उनको स्वास्थ्यमा खराबी आएपछि उपचारका लागि अस्पताल लागिएको थियो ।

मृ त क कति बर्षदेखि कुवेतमा कार्यरत थिए, कहिलेदेखि गैरकानुनी रुपमा कार्यरत थिए र उनले पहिले काम गर्ने कुन कम्पनी हो भन्ने बारे केही खुलेको छैन ।

मृ त कको परिवारसँग सामान्यव गरि आवश्यक प्रक्रिया पुर्‍याएर शव स्वदेश पठाइने कुवेतस्थित नेपाली दूतावास स्रोतले जनाएको छ। मृ त कको घरमा श्रीमती र तीन छोराहरु रहेको बुझिएको छ।

 

११८ पटक हेरिएको

तपाईको प्रतिक्रिया