बिहिबार १६ मंसिर २०७८

काठमाडौं- तराई तिर घर अनि कालो वर्ण त्यसमाथि हल्का हिन्दी लवज, यस्तो देख्ने बित्तिकै धेरैले इन्डियन सम्झेर ए भैया भनेर बोलाउँछन् । यस्तो सोचेर कसैले बोलाउँदा यी २० बर्षिय शम्सेरलाई भने कता कता मन दुख्दो रहेछ । आफू नेपाली भएर पनि अरुले भारतिय जस्तो व्यवहार गर्ने गरेका धेरै पटक भोकेका छन् उनले ।

सानैमा आमा बित्यो, बहिनीको विबाह गर्दा दाइजो दिँदा १० लाख ऋण लाग्यो । तै पनि जसोतसो गाँऊ गाँऊ डुलेर सिरक बनाउँदै जिविकोपार्जन गर्छन् उनी । हातमा सिप र शरिरमा जाँगर भए पैसा जता पनि फल्ने उनको बुझाई छ । हेर्नुहोस उनै शम्सेरसँग गरिएको भिडियो संवाद…

 

यो पनि पढ्नुहोस-बाबुले कलेजो दान गरेपछि त्रिवि शिक्षण अस्पतालमा भयो ११ महिने बालकको गरियो कलेजो प्रत्यारोपण : ११ महिने बालकको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण गरिएको छ ।शनिबार राति ८ घण्टा लगाएर शिक्षण अस्पतालका चिकित्सकहरुले कलेजो प्रत्यारोपण गर्न सफल भएका हुन् ।

३५ वर्षका बाबुले आफ्नो छोरलाई कलेजो दिएका थिए । शिक्षण अस्पतालका लिभर, प्यान्क्रियाज सर्जन प्रा। डा। रमेश सिंह भण्डारीको नेतृत्तमा कलेजो प्रत्यारोपण सुरु भएको थियो । काभ्रे घर भएका ति बालकको डेढ महिनादेखि प्रत्यारोपणको लागि तयारी गरिएको थियो ।

सानो उमेरमा गरिएको पहिलो प्रत्यारोपण भएको बताइएको छ ।प्रत्यारोपणमा सघाउन फोर्टिस अस्पताल भारतका डा विजय भिजको नेतृत्वमा चिकित्सकको टोली आएको थियो । उनीहरुको सहयोगमा प्रत्यारोपण सफल भएको बताइएको छ । कलेजो प्रत्यारोपण भने कोरोना महामारी सुरु भए यताको यो नै पहिलो हो ।

३०८ पटक हेरिएको

तपाईको प्रतिक्रिया