Thursday, December 3

गर्भवती महिलामा कोरोना पुष्टि भएपछि भेरी अस्पतालको प्रसूति वार्ड सिल

August 9, 2020 50

नेपालगञ्ज, २४ साउन । बाँकेको नेपालगञ्ज भेरी अस्पतालमा उपचाररत महिलामा कोरोना पुष्टि भएपछि भेरी अस्पतालको प्रसुति वार्ड सिल गरिएको छ ।

नेपालगन्ज उपमहानगरपालिका वडा नं. १२ की २८ गर्भवती महिलामा शनिवार कोरोना पुष्टि भएपछि अस्पतालको प्रसुति वार्ड सिल गरिएको हो ।

तीन दिनअघि लिइएको स्वाबको रिपोर्ट शनिबार पोजेटिभ आएपछि प्रसूति वार्ड सिल गर्नुपरेको मेडिकल सुपरिटेण्डेन्ट डाक्टर प्रकाश थापाले बताए । बिहीबार शल्यक्रिया गरेर बच्चा निकाल्ने तयारी भइरहेको समयमा उक्त महिलालाई अचानक ज्वरो आएपछि कोरोना भाइरस परीक्षणका लागि थ्रोट स्वाब निकालिएको थियो ।

उक्त महिला अस्पतालमा बसेकी हुनाले अन्यलाई समेत संक्रमण फैलिएको आशंका गरिएको हुनाले प्रसूति वार्ड सेनिटाइज गर्नका लागि सिल गरिएको डा. थापाले बताए । ती महिलालाई थप उपचारका लागि नेपालगन्ज शिक्षण अस्पताल कोहलपुर लगिएको छ । भगतराम थारु, न्युज २४

फाइल फोटो

यस्तै काठमाडौंमा थपिए ६२ नयाँ संक्रमित , कुन ठाउँमा कति ?

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ६२ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६२ संक्रमित थपिएका हुन् ।

जसमध्ये काठमााडौंमा मात्र ५६ संक्रमित थपिएका छन् भने ललितपुर र भक्तपुरमा ३/३ संक्रमित थपिएका छन् । योसंगै काठमाडौं उपत्यकामा संक्रमितको संख्या एक हजार ४४ पुगेको छ ।

अद्यावधिक विवरण अनुसार शनिबार नेपालमा ३७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिंगमा देशभरका बिभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा ३७८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा नेपालमा ३७८ जना नयाँ संक्रमित भेटिएका मन्त्रालयका प्रबक्ता डा. जागेश्वर गौतमले बताए । यो संगै नेपालमा अहिलेसम्म संक्रमितको संख्या २२ हजार ५ सय ९२ पुगकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएकाे छ ।

पछिल्लो २४ घन्टामा ७ हजार ७८८ जनाको पिसिआर परिक्षण गरिएको छ । हाल १० हजार ७९२ जना क्वारेन्टाइन रहेका छन् भने ४९९ डिस्चार्ज भएका छन् , यो संगै डिस्चार्ज १६ हजार ३१३ पुगेको छ ।

मन्त्रालयले अनिबार्य काम बाहेक बाहिर ननिस्किन सबैमा अनुरोध गरेको छ ।

प्रतिकृया दिनुहोस्