शुक्रबार ०१ आश्विन २०७८

हामीले दैनिक सेवन गर्ने तरकारी मात्रा मिलाएर पकाउँदा स्वादिलो मात्र हुँदैन, शरीरलाई स्वस्थ राख्नुका साथै मस्तिष्क पनि बढाउँछ । पोषिलो परिकारले शरीरको रोगप्रतिरोधी क्षमता बढाएर क्यान्सर, मुटुरोग र मधुमेहजस्ता असाधारण रोगको सम्भावनासमेत हटाउँछ । त्यसैले औषधीय महत्व भएका सागसब्जीका बारेमा सबैलाई ज्ञान हुनु आवश्यक रहेकाे छ र यस्ता रहेका छन् साग र च्याउ खानुका फाइदाहरु:-

हरियाे साग:- नेपालमा रायो, तोरी फापर बेथु मेथी सौँप पालुंगो चौँसुर छ्यापी लसुनका सागका साथै फर्सीका मुन्टा हरियो प्याज, निगुरो आदि हरियो सागको रूपमा खाइन्छ ।

यी सबै सागमा पाइने पोषक तत्व फरक–फरक छन् । तर, समान रूपमा क्लोरोफिल, भिटामिन, खनिज तत्व पाइन्छन् । हरियो सागमा मुटुको रोगदेखि कब्जियतसम्म, पेटको क्यान्सरदेखि ग-ठिया र जोर्नी तथा हड्डीका समस्यासम्म हटाउने क्षमता हुन्छ । मस्तिष्कको क्षमता बढाउन तथा बूढोपनका लक्षण हटाउन सागयुक्त भोजन निकै नै लाभदायक हुन्छ ।

च्याउ:- भिटामिन ‘बी’ का विभिन्न प्रकार र खनिज तत्व च्याउमा पाइन्छन् । सेलेनियम, तामा, फस्फोरस, पोटासियम, चिल्लो पदार्थ, कार्बोहाड्रेड भएको च्याउ उच्च कोटिको सब्जी हो । तर, यसमा ऊर्जा स्रोत (क्यालोरी)अत्यन्त कम हुन्छ ।

टिपेर जम्मा गरेको च्याउमा अल्ट्राभायोलेट (युभी) किरण दिएपछि भिटामिन डी पर्याप्त बनाउन सकिन्छ । संसारमा एक लाख ४० हजार प्रकारका च्याउ पाइन्छन् । तीमध्ये १० प्रतिशत च्याउसँग मात्र मानिसको ज्ञान र पहुँच पुगेको छ । नेपालको कर्णाली क्षेत्रका जंगलमा पाइने मोरेल, गुच्ची नामका च्याउहरू अति महँगा छन् ।

पेन्सिलिन, स्ट्रेप्टोमाइसिन, टेट्रासाइक्लिनजस्ता एन्टिबायोटिक औषधिहरू च्याउ समूहमा पर्ने विभिन्न फंगीहरूबाट सार निकालिएको कच्चा पदार्थबाट बनाइन्छ । उच्च रक्तचाप र शरीरको मोटोपन नियन्त्रण गर्न, हड्डी बलियो बनाउने भिटामिन डी पर्याप्त पाउन, शरीरको रोगप्रतिरोधी क्षमता बढाउन च्याउ अत्यन्त राम्रो खाद्यवस्तु मानिन्छ ।

यो पनि पढ्नुस : ग्यास्ट्रिक देखि कोलेस्ट्रोल सम्मका राेगहरु केही दिनमै निकाे बनाउने बिरे नुन, यस्ताे छ प्रयाेग गर्ने तरिका

काठमाडौँ- ग्यास्ट्रिक देखि कोलेस्ट्रोल सम्मका राेगहरु केही दिनमै निकाे बनाउने बिरे नुन, यस्ताे छ प्रयाेग गर्ने तरिका (भिडियाे हेर्नुस्)। बिरेनुनकाे यति धेरै फाईदा र राेग निकाे बनाउन सक्ने सक्ति ,तपाईंले बिरेनुनका बारेमा पक्कै सुन्नु भएको होला । यो नुन विभिन्न खालको रोगमा घरेलु उपचारको लागि प्रयोग गर्ने गरिन्छ।आयुर्वेदमा त यसको धेरै औषधिहरुमा प्रयोग हुन्छ ।

सेतो नुनको सट्टा थोरै मात्रामा बिरेनुनको प्रयोग गर्न सकियो भने यसले फाइदा पुग्छ । बिरेनुन प्राकृतिक नुन हो । यो हिमाली र पहाडी क्षेत्रमा डाँडापहराबाट निकालिन्छ । बिरेनुनको नियमित सेवनले बा`थ, पि`त्त र कफलाईसमेत नियन्त्रणमा राख्ने काम गर्छ । बिरेनुनको प्रयोग विषेशगरि पेटसम्बन्धी रोगमा बढी मात्रामा प्रयोग हुने गरेको भएपनि यसले उच्च रक्तचापका विरामीलाई पनि बिरे नुनले निकै फाइदा पुग्छ ।

यो नुनमा सोडियमको मात्रा कम हुने भएकाले उच्च रक्तचापका बिरामीलाई फाइदा पुग्छ । बिरेनुनको प्रयोगले ग्यास्ट्रिक, कब्जियत, अम्लीयलगायतका समस्याबाट बच्न सकिन्छ । पेट दुखेको, झाडापखला लागेको, पेट ढुस्सिएको आदी बेलामा यसको प्रयोग गर्ने गरिन्छ ।खाना पचाउनमा बिरेनुनको महत्वपूर्ण भूमिका हुन्छ ।

विशेष गरि ग्यास्ट्रिक भएकाहरुले नियमित रुपमा बिरे नुनको प्रयोग गर्न आवश्यक छ ।बिरेनुनमा सल्फर, आइरनलगायतका शरीरलाई आवश्यक खनिज तत्व प्रशस्त मात्रामा हुन्छ । जसको कारण मोटोपना, खराब कोलेस्ट्रोल, श्वासप्रश्वाससम्बन्धी समस्याबाट बचाउने काम गर्छ ।

त्यस्तै, यसको सेवनले मधुमेह, आर्थराइटिस, प्यारालाइसिस, एनिमिया, रक्तश्राव, कपाल झर्ने, जोर्नी दुख्ने र आन्द्रासम्बन्धी समस्यालाई पनि नियन्त्रण गर्नमा भूमिका खेल्छ । यसले धातुबाट हुने असरबाट पनि बचाउँछ । त्यस्तै, छालालाई नरम, स्वस्थ, सुन्दर राख्न पनि मद्दत गर्छ । यसको सेवनले कुष्ठरोग, एक्जिमा वा छालासम्बन्धी रोगबाट समेत टाढा रहन सकिन्छ ।

तातो पानीमा मिसाएर बिरे नुनलाई पिउँदा फाइदा पुग्छ भने मनतातो पानीमा बिरेनुनको मिश्रण गरी नुहाउँदा निकै लाभदायक हुन्छ । दाँत, गिजा, जिब्रो, घाँटी आदिमा समस्या उत्पन्न भएमा तोरीको तेलमा बिरेनुनको मिश्रण गरी सफा गर्न सकिन्छ ।

यसले दाँतलाई चम्किलो बनाउनुका साथै मुखसम्बन्धी अन्य समस्याबाट पनि मुक्त हुन सहज हुन्छ । दि` सा पातलो हुने समस्या भएमा प्याजलाई मसिनो गरी काटेर बिरेनुन र कागतीको रस एक चम्चा मिसाई प्रयोग गर्दा तत्कालै राहतको महसुस हुन्छ ।

पेटमा ग्यास भरिएको बेलामा मनतातो पानीमा बिरे नुन राखेर दिनमा तीनपटक खाँदा यसले फाइदा पुग्छ । कालो नुनको प्रयोगले भोक बढाउँछ । खाना सजिलै पच्छ । यसैले शरीरले उर्जालाई राम्रोसंग प्रयोगगर्न पाउँछ ।

यदि कम भोक लाग्ने समस्या छ भने कालो नुनमा सलाद, दही, मोही, कागतीपानी संगै प्रयोग गर्न सकिन्छ । यसबाट शरीर पनि स्वस्थ राख्न सकिन्छ र सोडियमको मात्रा पनि बढ्दैन । त्यसैले बिरेनुन स्वास्थका लागि निकै नै फाईदाजनक रहेकाे छ । एजेन्सीको सहयोगमा

७९ पटक हेरिएको

तपाईको प्रतिक्रिया