बिहिबार १६ मंसिर २०७८

काठमाडौ । नेकपा एमालेको केन्द्रिय समितिको बैठक अध्यक्ष केपी शर्मा ओलीले चैत ७ गते बोलाएका छन् । तर अघिल्लो बैठक गर्दा नेपाल–खनाल समूहलाई ओलीले खबरै गरेनन् । खबर नगरी उनले पार्टीको संरचना र ढाँचामा ब्यापक परिवर्तन गरे । नेपाल खनाल पक्षका नेताहरुलाई पुरै वाइपास गरेर आफु निकटहरुलाइृ महत्वपुर्ण जिम्मेवारी दिए ।

ओलीको यस्तो कदम पछि नेपाल खनाल समुहले चैत ७ गते हुने केन्द्रीय समिति बैठकले गर्ने निर्णय नै अब एमाले एक रहने कि नरहने भन्नेबारे निर्णायक बन्ने जनाएको छ । सो बैठकमा पनि अध्यक्ष ओलीले एकलौटी ढंगबाट अघि बढ्ने शैली देखाएमा उनीसँगै एउटै पार्टीमा नरहने स्थिति आउने उनीहरुको भनाइ छ।

नेपाल खनाल समुहले चैत ७ गतेको केन्द्रिय समितिको बैठकमा सहभागी हुन दुई सर्त अघि सारेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली समूहले शुक्रबारको बैठकबाट गरेका निर्णय खारेजी र सर्वोच्च अदालतको फैसलाअनुसार २०७५ जेठ २ गतेकै संगठनलाई ब्युँत्याउनु पर्ने उनीहरुको सर्त छ। त्यसो नगरे आफूहरु बैठकमा सहभागी नहुने सो समूहका नेताहरुले बताएका छन्।

‘यता प्रधानमन्त्री ओलीले चैत ७ गतेको बैठकमा उपस्थित नभए कारवाही गर्ने चेतावनी दिएका छन् । नेपाल समुह सच्चिएर आए पार्टीमा ठाउँ रहेको भन्दै आफुलाई सिध्याउने लक्ष्य लिएर आए कारवाही गर्ने चेतावनी दिएका छन् । अदालतले पार्टीलाई एकीकरणभन्दा पहिलेको अवस्थामा ब्युँताएको हुँदा सो संरचनालाई निरन्तरता नेपाल खनाल समुहको माग छ ।

‘बैठकहरु विधान र विधिअनुसार सञ्चालन गरिनुपर्छ, विगतमा पनि सचिवालयले एजेण्डा तय गर्ने गरेको थियो र अब पनि बैठकहरु त्यसैअनुसार सञ्चालन हुनुपर्छ,’ एमाले नेता रघुजी पन्तले भने।

‘सबैलाई खबर नगरिकन पनि बैठक हुन्छरु हामी पनि केन्द्रीय सदस्य हौं, हामीलाई किन खबर नगरिएकोरु’ पन्तले प्रश्न गरे, ‘अब एमालेलाई एक बनाएर लैजाने कि विभाजन गर्ने भन्ने अध्यक्षमा निर्भर छ।’

 

१३९ पटक हेरिएको

तपाईको प्रतिक्रिया