बिहिबार १६ मंसिर २०७८

केही दिन अघि प्रहरीले सार्वजनिक गरेको युरेनियम नामक पदार्थ अर्कै भएको पाइएको छ । झण्डै दुई दशक देखि एकै घरमा भण्डारण गरिएको भनिएको उक्त पदार्थ युरेनियम नभएको खुलेको हो ।

यसअिघ पनि युरेनियम नभएको भन्दै धेरै आशंकाहरु प्रकट भएका थिए । हातले छुन नमिल्ने, अनुहारको नजिक या खाली आँखाले समेत हेर्न नमिल्ने पक्राउ परेको पदार्थ युरेनियम नै भए नभएको भन्ने प्रष्ट थिएन ।

काठमाण्डौको बौद्धबाट बरामद भएको युरेनियम नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्ट मा परीक्षण गर्दा कच्चा युरेनियम रहेको पुष्टि भएको छ । प्रशोधित युरेनियम हुन ‘यु–२३५’ हुनुपर्नेमा नास्टको परीक्षणमा कच्चा ‘यु–२३८’ रहेको पुष्टि भएको हो ।

नास्टका सिनियर साइन्टिफिक अफिसर डा बुद्धराज शाह र साइन्टिफिक असिस्टेन्ट विपिन रिजालले गरेको परीक्षण यस्तो पुष्टि भएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआईजी हरिबहादुर पालले जानकारी दिए । उनका अनुसार नास्टले आइतबार मात्रै परीक्षणको रिपोर्ट पठाएको हो ।

यो पनि, जुम्लाको २ सय क्वीन्टल मार्सी चामल किन्दै खाद्य कम्पनी

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जुम्लाको २ सय क्वीन्टल मार्सी चामल खरीद गर्ने भएको छ । यसअघि दुई चरणमा मार्सी चामल खरीद गरेर विक्री गरिसकेको कम्पीले यसपटक पुनः उक्त परिमाणको मार्सी चामल खरीद गर्ने तयारी थालेको हो । स्थानीयस्तरमा उत्पादित खाद्यान्न खरीद गरी त्यसको ब्राण्डिङ तथा प्रवद्र्धनमा कम्पनी लागेको छ ।

कम्पनीले २ सय क्वीन्टल मार्सी खरीदका लागि फागुन ३ गते सूचना निकालेर ठेक्का आह्वान गरेको छ । ठेक्का परेपछि कर्णाली प्रदेशको सुर्खेतबाट चामल खरीद गरी काठमाडौंमा ल्याएर ‘नेपाल फुड ब्राण्ड’मा प्रतिकिलो २२५ रुपैयाँका दरले विक्री गरिने कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपानेले जानकारी दिइन् ।

यसअघि कम्पनीले पहिलो लटमा २७ सय किलो मार्सी खरीद गरी विक्री गरिसकेको छ भने दोस्रो लटमा २६ सय ३० किलो मार्सी खरीद गरिएकोमा हालसम्म ३०१ किलो विक्री भइसकेको छ ।

दोस्रो लटको चामल विक्री यही फागुन १५ गतेदेखि शुरू भएको हो ।कम्पनीले गत माघदेखि पहिलोपटक विक्री शुरू गरेको मार्सी चामलको हाल बजारमा उत्साहजनक र आशलाग्दो व्यापार भइरहेको कम्पनीले बताएको छ ।

बजारमा राम्रो व्यापार गर्न सफल हुँदै गएकाले भोलिका दिनमा उपत्यका बाहिर पनि यसको विक्री शुरू गर्ने योजना कम्पनीको छ । यो समाचार आजको आर्थिक अभियान दैनिकमा प्रशान्त खड्काले लेखेका छन्

 

१६८ पटक हेरिएको

तपाईको प्रतिक्रिया