Tuesday, November 24

प्रकाशले ‘दारा निस्केको, महानायिका’ भनेपछि पुजाले कति चुप बस्ने भन्दै फर्काईन जवाफ

August 9, 2020 81

एक टेलिभिजन कार्यक्रममा प्रस्तोताले आफूमाथि असभ्य टिप्पणी गरेको भन्दै नायिका पूजा शर्माले आक्रोश पोखेकी छिन । फेसबुकमा स्टाटस लेख्दै उनले ‘दारा निस्केको महानायिका’ भनेर आफ्नो मानहानी गरिएको बताएकी छिन । हेरौ उनको स्टाटस,कतिचूप रहने ?कति सहने? अन्तर्वार्तामा बोलाइयो गएँ सामान्य ज्ञान संग सम्बन्धित प्रश्न गरियो अन्तर्वार्ता चल्दा चल्दै मैले पत्रकार प्रकाश सुबेदीजीलाइ मैले राम्रो गर्न सकिन प्लिज यो काटिदिनुस, भने मान्नु भएन त्यो चिज प्रसारण भयो भाइरल भयो मेरो थुप्रै ट्रोलहरू बने, आफ्नै गल्ति हो भनेर चूपचाप बसे ।

पछि जब प्रकाशजी अर्को टिभी च्यानल जानु भो मलाइ पुन: अन्तर्वार्तामामा आउ पुजा भनेर भन्नु भो म मानसिक तनाब झेलिरहेको थिए, अब फेरी पूरानो गल्ति कसरी गर्न सक्थे ? म त्रसित पनि थिए ,तसैले मैले सरी दाइ म आउन सक्दिन भने,तर त्यसपछि उहॉले आफ्नो कार्यक्रम मा मलाइ लक्षित गरेर “ दारा निस्केको, महानायिका” भनेर शारिरिक हाउभाउ लाइ लक्षित गरेर अत्यन्त क्षुब्ध ढंगले प्रस्तुत गरेर मेरो मानहानि गर्न कुनै कसर छोड्नु भएन , बाकी भिडियो मा हेर्नुहोस

प्रतिकृया दिनुहोस्