Wednesday, December 2

पेप्सिकोलामा सा’ल ना’ल सहित झा’डीमा फा’लेको अवस्थामा शिशु जि’वितै भेटियो (भिडियो हेर्नुस्)

August 8, 2020 1083

काठमाडौंको पेप्सीकोलामा फेरी एउटा बच्चा झा’डीमा फा’लेको अवस्थामा नवजात शिशु फेला परेको छ । राजधानीको कागेश्वरी मनोहरा नगरपालिका स्थित पेप्सिकोलामा नवजात शिशु जि’वित अवस्थामा देखेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए । निलो रंगको प्ला’ष्टि’कमा राखेर फा’लेको अवस्थामा नवजात शिशुलाई देखेपछि स्थानियले खबर गरेका हुन् । प्रहरीले करिब १७ वर्षको एक युवतीलाई पक्राउ गरेको छ ।

स्थानियले बच्चा रो’एको सुनेपछि हेर्न जाँदा जि’वितै बच्चालाई प्लाष्टिकमा पो’को पा’रेको अवस्थामा देखेपछि उद्दार गरेका थिए । स्थानिय महिलाहरुले त्यो टोलमा १५ दिन अगाडी भाडामा बस्न आएको एक युवतीले बच्चा जन्माएको हुनसक्ने भन्दै प्रहरीलाई जानकारी दिएपछि ति युवती पक्राउ परेकी छन् । जिवितै फेला परेका शिशुलाई प्रहरीले उद्धार गरेर पेप्सीकोलामा रहेको मदरल्याण्ड अस्पतालमा पठाएको छ । अस्पतालका चिकित्सकले बच्चाको अवस्था अहिले सामान्य अवस्थामा रहेको बताएका छन् । अस्पताल ल्याउनु करिब २ घण्टा अगाडी बच्चा जन्मिएको हुनसक्ने चिकित्सकको भनाई छ ।

मदरल्याण्ड अस्पताल पछाडिको झा’डीबाट बच्चालाई उद्धार गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी राजकुमार केसीले जानकारी दिए । बच्चा जन्माएर वे’वारिसे अवस्थामा झा’डीमा फा’लेको आशंका प्रहरीले सिन्धुपाल्चोकको सिपापोखरी घर भएकी १७ बर्षीया किशोरीलाई पक्राउ गरेको छ । ती किशोरीले प्रहरीसँग ‘बच्चा आफ्नो नभएको’ इन्कारी बयान दिएकी छिन् ।

प्रतिकृया दिनुहोस्