
काठमाडौं । एमाले उपाध्यक्ष वामदेव गौतमको समूहले निर्णय सच्याउन प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीको ध्यानाकर्षण गराएको छ । गौतम नेतृत्वको एकता अभियानको बैठकले ओलीको अवैधानिक कदम प्रति आपत्ति जनाउँदै तत्काल ‘तथाकथित बैठक’का निर्णय सच्याउन आग्रह गरेको हो ।
ओलीले एमालेको विधान मिचेर काम गरेको उल्लेख गर्दै ओलीका कदमले कम्युनिस्ट आन्दोलनलाई नै समाप्तिको दिशातर्फ धकेलिरहेको निष्कर्ष निकालेको सचिव बाबुराम थापाद्वारा जारी विज्ञप्तिमा छ । पुस ५ मा प्रतिनिधिसभा विघटन भएपछि गौतमको नेतृत्वमा बनेको एकता राष्ट्रिय अभियानको शनिबार भएको भेलाले यस्तो निर्णय लिएको हो ।
गौतमसहित उपत्यकामा उपलब्ध अभियन्ताहरूको शनिबारको भेलाले ओलीको निर्णयलाई अवैधानिक पनि भएको छ । एकता अभियानका सचिव बाबुराम थापाका अनुसार ओलीको उक्त निर्णय नवौँ महाधिवेशनको भावना र विधान विपरीत पनि रहेको ठहर भेलाले गरेको छ ।
फागुन २३ मा साविकको नेकपा एमालेलाई सर्वोच्च अदालतले ब्यूँताइदिएको अवस्थामा ओलीसहित पार्टीका असहमत सबै पक्षसँग वार्ता गर्ने निर्णय पनि भेलाले लिएको छ । गौतमले पार्टीका दोस्रो तहका नेताहरुलाई गाली गलौजमा नउत्रिन पनि भनेको छ ।
फागुन २४ मा वामदेव नेतृत्वको एकता अभियानले एमालेमा सम्मानजनक रुपमा समाहित हुने निर्णय लिएको थियो । तर, ओलीको कदमपछि उनीसँगको सहकार्यको सबै सम्भावना सकिएको घोषणा वामदेवले तत्कालै गरेका थिए ।
news18nepal