आइतबार ०५ बैशाख २०७८

काठमाडौं । माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध तीन दल एक भएर अघि बढ्न पर्ने प्रस्ताव पेस भएको छ । आइतबार पेरिसडाँड बसेको नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष प्रचण्डले ओली प्रवृत्तिलाई अन्त्य गर्न सबै प्रकारको राजनीतिक शक्ति प्रयोग गर्न आवश्यक रहको बताए ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले अन्य कार्य भन्दा माओवादी केन्द्र, कांग्रेस र जनता समाजवादी पार्टीबीच सहकार्यले मात्र ओलीलाई गतिलो जवाफ दिन सकिने भन्दै सत्ता सहकार्यको प्रस्ताव राखेका थिए । शनिबार बसेको स्थायी कमिटी बैठकले ओलीतर्फ लागेका नेताहरूलाई कारवाही प्रक्रिया अगाडि बढाउँदै २४ घण्टे लिखित स्पष्टिकरण सोधेको थियो ।

सो बैठकले मन्त्रीहरुलाई मन्त्रिपरिषबाट फिर्ता हुन निर्देशन समेत दिएको थियो । आजको बैठकमा पार्टीको वर्तमान अवस्थाका प्रदेश १ बाट सावित्री भुषाल, २ बाट विश्वनाथ साह, बागमतीबाट नारायण दाहाल, गण्डकीबाट हितराज पाण्डे, लुम्बिनीबाट ओनसरी घर्ती, कर्णालीबाट माया शर्मा र सुदूरपश्चिमबाट नेपबहादुर चौधरीले रिपोर्टिङ गरेका थिए ।

त्यस्तै आजको बैठकले शहीदहरुप्रति श्रद्धाञ्जली, वर्तमान राजनीतिक अवस्थाबारे केन्द्र र प्रदेशको रिपोर्ट पेश, रिपोर्टहरुमाथि छलफल र सुझाव लिने, राष्ट्रिय कार्यकर्ता भेलाको एजेण्डा तय गरेको छ । अर्को बैठक भोलि ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बताइएको छ । भोलीको बैठकमा केन्द्रीय सदस्यहरुले आ-आफ्नो धारणाहरु राख्ने कार्यक्रम तय भएको श्रेष्ठले जानकारी दिए ।

news18nepal

माओवादी केन्द्रीय कमिटीको निर्णय ,केपी शर्मा ओलीविरुद्ध  सबै प्रकारको राजनीतिक शक्ति प्रयोग गर्ने

५८ पटक हेरिएको

तपाईको प्रतिक्रिया