शुक्रबार १० बैशाख २०७८

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
यो महिनामा तपाईंको राशिबाट बाह्रौं भावमा सूर्यले भ्रमण गर्नाले चोट पटक तथा स्वास्थ्यमा समस्या आउन सक्छ । आर्थिक समस्याले पनि सताउला । मित्रहरूले दिएको वचन फेरिन सक्छ । प्रेममा मन मुटावका साथै मन कमजोर रहला । नयाँ योजना पनि बन्नेछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
यो चैत्र महिना समग्रमा सकारात्मक नै रहेको छ । इनाम र प्रतिष्ठा कमाउने बेला छ । परीक्षा आदि प्रतिस्पर्धामा उर्तिण हुनसकिनेछ । गरेको कार्यमा सफलता पाईनेछ । कला, साहित्य तथा संगीतमा रुचि बढ्नेछ । शेयर बजारमा लगानीको अवसर मिल्नेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
यो महिनामा तपाईंको राशिबाट दशौ भावमा सूर्यले भ्रमण गर्नाले राम्रो फल मिल्नेछ । मित्र जनको साथ सहयोग मिल्नुका साथै आमदानीका स्रोत बढ्ने छन् । धर्म, कर्म तथा समाजसेवामा मन लाग्ला । महिनाको मध्यमा दबाब र तनाव बढेको महसुस हुनेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
अधुरा कार्यहरू पुरा हुनेछन् । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । आफूले गरेको कार्यबाट पछि दोहोरो लाभ मिल्नेछ । सामाजिक र राजनैतिक कार्यमा सफलता मिल्नेछ । साथै अकस्मात धन सम्पत्ति हात पर्नेछ । पराक्रम बढ्नुका साथै कीर्ति वृद्धिको यो पनि छ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
यो महिनामा झञ्झटिलो काममा संलग्न हुनुपर्ने र आर्थिक नोक्सानी पनि हुनेछ । पढाइ लेखाइमा पनि खासै प्रगति गर्न नसकिने देखिन्छ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । मध्य महिनामा मित्र जनको साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुनेछ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
चैत्र महिनामा जोश, जाँगर र हिम्मत बढ्ला । कुटुम्बबाट विशेष सहयोग मिल्नेछ । पारिवारिक सम्बन्ध कसिलो हुनेछ । बिना प्रतिस्पर्धा फाइदा हुने योग छ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । वाहान लाभ हुने समय आएको छ । प्रविधिका क्षेत्रमा उन्नति हुने देखिन्छ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
अध्ययन अध्यापनको क्षेत्र सबल रहनेछ । धार्मिक तथा सांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरु सम्पन्न हुनेछन् । कार्य क्षेत्रमा सजग रहनु उचित हुने देखिन्छ । २२ गतेबाट कमजोरी बाहिर आउनाले जागिरमा समस्या पर्न सक्छ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
यो महिनामा विचार र बौद्धिक कार्यमा सफलता मिल्नेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरू विस्तारै अघि बढ्न सक्छ । प्रेम र मित्रताको बन्धन कसिनेछ र रमाउने समय छ । सामाजिक कार्य गरेर जनताको गतिलो समर्थन र लोकप्रियता आर्जन गर्न सकिनेछ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
चैत्र महिनामा सोचेको जस्तो सफलता अलि मिल्ने छैन । परीक्षा आदि प्रतिस्पर्धामा उर्तिणहुन सकिनेछ । सामाजिक र राजनैतिक कार्यमा सफलता मिल्नेछ । विशिष्ट व्यक्तिको सहयोग प्राप्त हुनेछ । प्रेममा सफलता प्राप्त हुनुका साथै नयाँ कार्य प्राप्तिका योग पनि देखिन्छन् ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
यो महिनामा आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । सामाजिक कार्यमा विशेष रुचि रहनेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । प्राविधिक र टेक्निकल कार्यमा उन्नति हुनुका साथै आर्थिक वृद्धि हुने देखिन्छ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बढी लाभ हुनेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
यो चैत्र महिनामा लक्ष्मी प्राप्तिको राम्रो योग रहेको छ । विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । नयाँ काम वा रोजगारको अवसर मिल्नेछ । सामाजिक र राजनैतिक कार्यबाट सफलता मिल्ने योग पनि छ । मध्य महिनाबाट आफ्नो विचार विपरित निर्णय हुनेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
व्यवसायका क्रममा नयाँ योजना र सहकार्यको योग छ । काम देखाएर अरुको मन जित्न सकिनेछ । कृषि कार्य अघी बढ्नेछ । महिनाको अन्त्यमा आफ्नो अधिकार प्राप्तिको लागि संघर्श गर्नु पर्नेछ । ज्यो.प. नारायणप्रसाद दुलाल (अधिक जानकारीको लागि 977-9849559502)

१०६ पटक हेरिएको

तपाईको प्रतिक्रिया