सोमबार ०७ आषाढ २०७८

काठमाडौं, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न उनकै निवासमा पुगेका छन्।

आइतबार केन्द्रीय समितिको बैठकलगत्तै प्रचण्ड कोटेश्वरस्थित नेपालको निवासमा पुगेका हुन्।

अहिले अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपालबीच छलफल भइरहेको नेपालको सचिवालयले जनाएको छ। उनीहरुबीच समसामयिक राजनीतिक परिस्थिति र अब कसरी मिलेर अगाडि बढ्न सकिन्छ भन्ने विषयमा छलफल भइरहेको सचिवालयले बतायो।

‘माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले वरिष्ठ नेता नेपालबीच अहिले कोटेश्वरमा छलफल भइरहेको छ’, सचिवालयका एक सदस्यले नेपालखबरसँग भने।

नेकपामा रहँदा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध एक ठाउँमा रहेका प्रचण्ड–नेपाल समूहको २४ गते स्थायी समितिको बैठक बसेको थियो। सोही बैठकपछि वरिष्ठ नेता नेपालसहितका नेताहरु एमालेतिर फर्किएका थिए।

dhankutakhabar

८० पटक हेरिएको

तपाईको प्रतिक्रिया