Friday, October 30

समाजसेवा नै मेरो धर्म हो र, दुःखमा परेकालाई सहयोग गर्नु नै मेरो उद्देश, जय नेपाल : भाग्य न्यौपाने

August 8, 2020 165

काठमाडौं, २४ साउन : युट्युबर भाग्य न्यौपाने पछिल्लो समय निकै चर्चामा छन् ।

उनले एक बालगृह सञ्चालन गरिरहेकी महिलालाई दिएको १० हजार फिर्ता लिनुका साथै बिना मास्क उनको छेउमा बसेर अन्तवार्तालिएपछि भाग्य निकै चर्चामा रहेका हुन् ।

उनीमाथि विभिन्न प्रकारको दबाब आएको छ । भाग्यले आफूबाट गल्ती भएको र क्षमा मागे पनि कतिपय व्यक्ति अहिले पनि उनको विरुद्धमा लागेका छन् ।

कतिपयले त भाग्यको सम्प्त्तिसमेत छानविबन हुनुपर्ने मागसमेत गरेका छन् । यसैबीच, सो विषयलाई लिएर सामाजिक सञ्जाल तातेपछि उनी बोलेका छन् ।

भाग्यले सम्पतीको नाममा बुबाले बनाउनु भएको घर र एउटा मोटरसाइकल रहेको बताएका छन् । साथै उनले यदि अरूलाई झुक्याएर पैसा कमाउने भएको भए कारमा हिँड्ने हैसियत हुन्थ्यो भन्दै ट्विट गरेका छन् ।

‘सम्पतीको नाममा बुबा ले बनाउनु भएको घर र एउटा मोटरसाइकल छ,’ उनले लेखेका छन्, ‘यदि अरूलाई झुक्याएर पैसा कमाउने भएको भए म पनि कारमा हिँड्थे होला नि होइन? समाजसेवा नै मेरो धर्म हो । र, दुःखमा परेकालाई सहयोग गर्नु नै मेरो उद्देश, जय नेपाल ।’

प्रतिकृया दिनुहोस्