August 8, 2020 103
२०७७ साउन २० गते
काठमाडौं । कोभिड महामारी संक्रमणको जोखिम देखिएपछि जनकपुरधाम उपमहानगरपालिका क्षेत्रमा एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ। गएराति १२ बजेदेखि एक साता निषेधाज्ञा जारी गरिएको धनुषाका जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बताए ।
पूर्वमा कपिलेश्वर बसपार्क, पश्चिममा कुर्था र बसबिट्टी जाने बाटो (दूधमति पुल) उत्तरमा क्षीरेश्वर नगरपालिकाको जनकपुर–ढल्केवर सडकखण्डमा पर्ने औरही खोलाको पुल र दक्षिणमा बनौली मोड, बसहिया सडकमा पर्ने सोनामति मन्दिर एवं प्रदेशसभा जाने मोडको जनकपुरधाम उपमहानगरपालिका क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ।
अवधिभर अतिआवश्यक सेवा बाहेक सम्पूर्ण पसल र उद्योग सेवा बन्द गरिएको छ।
प्रतिकृया दिनुहोस्